सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् ।

भगवती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताउनुभयो । उनको हात र टाउकोमा घाउ छ । घाइते धामीको कैलालीको धनगढीमा उपचार भइरहेको छ ।

यहाँको पारिफाँटा, मरभोजलगायत क्षेत्रमा पछिल्लो समय चितुवाले स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया