आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू निकै अघिदेखि एमालेमा आउन चाहेको बताएका छन्। उचित जिम्मेवारी दिए एमालेमा आउन आतुर रहेको उनले बताए। नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै ७–८ महिना देखि कुरिरहेको बताएका हुन् ।

उनले यसअघिका गल्ती कमजोरीको आत्मालोचना गर्दै एमालेमा आउन चाहेको बताएका हुन् । उनले २०५४ सालको एमाले विभाजनमा आफ्नो कुनै भूमिका नरहेको पनि जिकिर गरेका थिए। नेकपा फुटेको बेला आफू कतै नलागेकोले घाटा लागेको समेत बताए।

नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै वामदेवले ओलीकै आगाडी भने– ‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन। म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो। २०८४ मा ६० लाख भोट ल्याउने योजना सफल बनाएर देखाउँ।’ सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा चर्चा गर्न नचाहेको बताए।

 

तपाईको प्रतिक्रिया