आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ ।

इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने उद्देश्यले यो खेल आयोजना गरिएको हो । इङ्ल्यान्ड ‘सि’ टोलीमा इङ्ल्यान्डको पाँचौं डिभिजन नेशनल लिगका खेलाडीहरु रहेका छन् ।

नेपालले इङ्ल्यान्डका एक खेल खेलिसकेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा शुक्रवार भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो ।

नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली नै हावि देखिएको थियो । तर आफू सामू सिर्जना भएका थुप्रै अवसरहरू खेरा फालेपछि नेपाली टोली गोलरहित बराबरीमा सिमित भएको हो ।

खेलमा नेपाली ब्रिटिश सेनाका सदस्यको बाक्लो उपस्थिति रहेको थियो । उच्च समर्थन पाएतापनी नेपाली टोलीले खेल आफ्नो पक्षमा पार्न सकेन ।

  • नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर: विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ

मिडफिल्डर: फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी

फरवार्ड: अन्जन विष्ट, जिलेस्पी जंग कार्की, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ

तपाईको प्रतिक्रिया