Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट उक्त रकम हतियारधारीले लुटपाट गरेको प्रहरीले बताएको छ ।

धनुषाकै सबैला नगरपालिका- १२ मा रहेको श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोलाई पेस्तोल देखाएर नगद लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार महतो जनकपुरधामस्थित हिमालयन बैंकबाट रकम झिकेर एक महिलासँग रघुनाथपुर फर्किँदै थिए। मोटरसाइकलमा आएका दुई जना हतियारधारीले रकम लुटेर भागेको बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया