आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – इजरायलको मन्त्रिपरिषद्ले देशमा अल जजिरा नेटवर्कको कामकाजमा प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । गत महिना इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो ।

प्रतिबन्धअन्तर्गत इजरायलभित्र अल जजिराका कार्यालयहरू बन्द गरिनेछ, प्रसारण उपकरणहरू जफत गरिनेछ र च्यानललाई उपग्रह र केबल कम्पनीहरूबाट काटिनेछ । यसबाहेक अल जजिरा च्यानलको वेबसाइटलाई पनि देशमा प्रतिबन्ध लगाइनेछ । इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधी गतिविधि गरेको आरोप लगाउँदै आएको छ । अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको कडा आलोचना हुँदै आएको थियो । इजरायली प्रधानमन्त्रीले यस च्यानललाई ‘आतंकवादीद्वारा नियन्त्रित’ भनेका छन् । अल जजिराका पत्रकारहरूले गाजाको राम्रोसँग कभर गर्दै आएका थिए ।

अल जजिरा टिभी नेटवर्कमा प्रतिबन्ध लगाएपछि च्यानलका प्रबन्धकले इजरायली सरकारको यो कदमलाई खतरनाक भन्दै कानुनी प्रतिक्रियाको तयारी गरिरहेको बताएका छन् । चार इजरायली विदेशमन्त्रीका सल्लाहकार रहेका पूर्व इजरायली कूटनीतिज्ञ एलोन पिन्कासले बिबिसीसँग कुरा गर्दै इजरायली सरकारको यो कदमको आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया