मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – जापानमा नयाँ कम्पनी दर्ता गर्न आवश्यक रकम हालको ५० लाख अर्थात ५०० मान येनबाट कम गर्न जापान सरकारले तयारी थालेको छ । बिशेष गरी बिदेशीहरुलाई जापानमा ब्यवसाय गर्न सहज बनाउने उदेश्यले यस्तो गर्न लागिएको जिजी प्रेसले जनाएको छ ।
बिदेशीहरुले बिजनेस भिसाको लागि निबेदन दिंदा ५०० मान येन पूँजी सहितको कम्पनी दर्ता गर्नुपर्ने हालसम्मको प्रणालीलाई सरकारले सुधार गरी बिदेशीहरुलाई जापानमा ब्यवसाय गर्न प्रोत्साहित गर्न खोजिएको बताईएको छ । यसो गर्दा बिदेशी बिद्यार्थी तथा आर्थिक रुपमा सम्पन्न नभएकाहरुले पनि ब्यवसाय गर्न सक्ने बातावरण बन्ने सम्बन्धित अधिकारीहरुको अनुमान छ ।

नयाँ ब्यवसायको लागि सम्बन्धित नगरपालिका लगायत स्थानिय निकायबाट सस्तोमा अफ़िसको लागि घर लिन र ब्यवसायिक परामर्श लिन सकिने ब्यवस्था पनि गरिन लागेको हो । यसले गर्दा नयाँ ब्यवसायीले कम लगानीमै ब्यवसाय स्थापना गर्न सक्ने भएकोले सुरुको न्युनतम पूँजीमा कम गर्ने योजना बनाईएको हो ।

ब्यवसायीले स्थानीय निकायबाट लिएको सेवालाई पनि पूँजीकै रुपमा गणना गरिने बताईएको छ । नयाँ नीति अनुसार न्युनतम पूँजी कति राखिने अझै स्पष्ट उल्लेख गरिएको छैन । सरकारले नयां नीतिलाई यहि आर्थिक बर्षमै लागु गर्ने योजना रहेको समाचारमा उल्लेख छ । ***

 

तपाईको प्रतिक्रिया