मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानका प्रधानमन्त्री किशिदा फुमियो आर्थिक सहयोग तथा विकास संगठनको मन्त्रिस्तरीय बैठकलाई सम्वोधन गर्न मे महिनाको पहिलो साता फ्रान्स जाने भएका छन्‌ । किशिदाले पुँजीवादको नयाँ रूप प्रवर्द्धन गर्न जापानको प्रयासको बारेमा व्याख्या गर्दै, स्वतन्त्र र निष्पक्ष आर्थिक व्यवस्था कायम राख्न र सुद्रिद्ध गर्ने महत्त्वलाई उल्लेख गर्ने अपेक्षा गरिएको छ ।

किशिदाले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र जलवायु परिवर्तन जस्ता विश्वव्यापी समस्याहरू समाधान गर्न जापानको इच्छाबारे पनि कुरा गर्ने अपेक्षा गरिएको छ । जापानी प्रधानमन्त्रीले ब्राजिल र पाराग्वेको पनि भ्रमण गर्ने भएका छन् । यस वर्ष ग्रुप अफ ट्वान्टीको आयोजना गरिरहेको ब्राजिलमा उनले अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रतिक्रिया दिन सहयोग पुष्टि गर्न नेताहरूको शिखर सम्मेलन गर्ने आशा राखेका छन्‌ । किशिदाले ब्राजिलसँगको द्विपक्षीय आर्थिक सहयोगका विषयमा पनि सहमती गर्ने ठानिएको छ ।

किशिदाले पाराग्वेसँग थप सम्बन्ध विस्तार गर्ने पूर्वानुमान गरिएको छ । चिन स्वशासित ताइवानसँग कुटनीतिक सम्बन्ध राख्ने एकमात्र दक्षिण अमेरिकी देशको रुपमा रहेको पाराग्वेसँगको सम्वन्ध विस्तार गरेर ताइवानसँगको सम्वन्धलाई निरन्तरता दिन बल प्रदान गर्ने किशिदाको आशय हुनसक्ने ठानिएको छ ।

तपाईको प्रतिक्रिया