मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार हुने उपचुनावको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन् । उनले आफूहरू निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमा रहेको जनाए ।

निर्वाचन आयोगले उपचुनावले सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । बिहान ७ बजेदेखि शुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न मतदातालाई आयोगले आग्रह गरेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित हुन नदिनेतर्फ सचेत रहेको जनाएको छ ।

इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । त्यस्तै बझाङ–१ (क) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव हुन लागेको हो । यसैबीच निर्वाचन आयोगले भोलि हुने उपचुनावका लागि पारदर्शिता कायम गर्नेगरी सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया