शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – के तपाईंलाई थाहा छ ? पार्टनरसँग सुत्दा तपाईंलाई थुप्रै रोग लाग्नबाट बचाउँछ । यदि तपाईं कोहीसँग सुत्नुहुन्छ विशेषगरी पार्टनरसँग टाँस्सिएर सुत्नुहुन्छ भने यो तपाईंको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । एक शोधका अनुसार एक्लै सुत्ने व्यक्तिको तुलनामा पार्टनरसँग सुत्ने व्यक्तिको आयु लामो हुन्छ ।

साथै, उनीहरु स्वस्थ जीवनयापन गर्न सक्षम हुन्छन् । यदि तपाईंलाई निन्द्रा लाग्दैन भने कसैसँग सुत्दा यो रोग हट्ने गर्दछ । अनुसन्धानका अनुसार यदि १० सेकेन्डसम्म मात्र पनि कसैलाई अंगालो हाले यसले तपाईंको रोग प्रतिरोधी क्षमता बढाउने गर्दछ । त्यसकारण सुत्ने बेला आफ्नो पार्टनरलाई अंगालो हालेर सुत्नुहोस् । पार्टनरसँग टाँस्सिएर सुत्दा थकान र तनाव भाग्छ ।

यसले तपाईंलाई एक्लो महसुस गराउँदैन र तपाईंको सबै चिन्तालाई हटाउँछ । पार्टनरसँग सुत्दा शरिरमा गर्मी पैदा हुन्छ जसका कारण रक्तसंचार राम्रो हुन्छ । अर्को एक अनुसन्धानका अनुसार कसैसँगै सुत्दा मानिसहरुको सोच्ने र केही कुराको याद राख्ने क्षमतामा वृद्धि हुन्छ ।

तपाईको प्रतिक्रिया