मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् ।

एलिनाकै घरमा परम्परागत रीतिरिवाजपूर्वक विवाह भएको छ । यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एलिना निकै चर्चामा रहेकी गायिका हुन् भने विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया