शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापानमा सार्वजनिक गरिएको मौलिक कौराहा (कौडा) गीत ‘खैजरीको तालमा…’ले चर्चा पाउन थालेको छ । मगर समुदायलाई मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि ? भन्ने चिन्ता रहेका बेला सार्वजनिक भएको गीतले चर्चा पाएको हो ।

केटाले गीत गाएर खैजरी र मुजुरा बजाउँदै केटीलाई नचाउने कौराहा नृत्य नेपालमा मगर समुदायको परम्परा लोकप्रिय नाच हो । सोही परम्परा जोगाउन पछिल्लो समय मगर युवायुवती नै लागिपरेका छन् ।

मगर जातिहरूको पहिचान जोगाइराखे उद्देश्यले निर्मित गीतमा मनोज थापा मगर, बिलन थापा मगर, सिंग्रन पुन मगर, रचना राणा मगर, रुपी सिंजाली मगर, प्रेमा राणा मगरले स्वर दिएका छन् । गीतमा शब्द र संगीत बुद्ध मगरको रहेको छ । निर्माता नवीन थापा मगर, निर्देशक गणेश थापा मगर रहेको गीतको म्युजिक भिडिओमा सागर मगर र कामना फगामी मगरको मुख्य अभिनय देख्न सकिन्छ ।

मौलिकतामा बनेको गीत पछिल्लो समय केही परिवर्तन आएपनि पहिला यसरी नाचिन्थ्यो भनेर देखाउन खोजिएको छ । विदेशमा रहेर पनि आफ्ना संस्कृति जगेर्ना गर्ने उद्देश्यले तयार पारिएको गीत धेरै श्रोता/दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया