Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित भ्लगर रतन कार्कीको युट्युब च्यानल ह्याक भएको छ । ह्याक गरेर सकेपछि ह्याकरले च्यानलको नाम र युजरनेम परिवर्तन गरीदिएको छ। साथै नेपालमा प्रतिबन्ध गरिएको बिटक्वाइनको प्रचार गरिएको थियो । यो भन्दा अगाडी पनि रतनको च्यानल ह्याक भएको थियो । उनको च्यानलमा पाँच लाख ६५ हजार बढी सब्स्क्राइबर रहेको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्ता किशोर उपाध्यायका अनुसार ह्याकरले सो च्यानल शुक्रबार राति ह्याक गरि गायब पारेका हुन् । ह्याक हुनुको कारण भने बाहिर आइसकेको छैन । च्यानल फिर्ता ल्याउने काम भइरहेको उपाध्यायको भनाइ छ । सो च्यानलमा कार्कीले आफ्नो भ्लग भिडिओहरू राख्दै आएका थिए । हाल जापानमा रहेका उनी त्यहीँका सामग्री भ्लगमार्फत पस्किंदै आएका थिए । उनी जापानमा निकै चर्चित भ्लगर हुन् । नेपालमा पनि उनी त्येतिकै चर्चा मा छन् ।

पछिल्लो समय युट्युब च्यानल, फेसबुक पेज र टिकटक अकाउन्ट ह्याकरको निशानामा पर्ने गरेका छन् । विशेषगरी अनावश्यक लिङ्क क्लिक गर्दा, पाइरेटेड सफ्टवेयर तथा एप प्रयोग गर्दा, प्रलोभनमा परेर अरूको अकाउन्ट लिङ्क गरिदिंदा क्रियटरका अकाउन्ट बढी गुम्ने गरेको देखिएको छ ।

 

तपाईको प्रतिक्रिया