बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउने भएका छन् । उनको क्यारियरको टर्निङ पोवाइन्ट मानिएको गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीतमाथि नै फिल्म बनाउने घोषणा गरिएको छ ।

६ वर्ष अगाडि रिलिज भएको यो गीत निकै चर्चित बनेको थियो । फिल्मलाई टंक आफैँले निर्देशन गर्दै छन् । यस गीतमा टंकसँगै आवाज दिएका अशोक दर्जीले फिल्ममा अभिनय गर्ने भएका छन् ।

यस फिल्मको निर्माण टंकसहित एनआरएन विनय अधिकारीले गर्ने बताइएको छ । फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन् भने फिल्मको छायांकन जेठपछि सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया