Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।

मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए । उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् ।

अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार रअनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया