बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

काठमाडौं – कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५/५६ वर्षकी जुठी भुषाल र करिब ६०/६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरन्त पौडलका अनुसार महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाका बारेमा डीएसपी सहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने पौडेलले बताए ।

तपाईको प्रतिक्रिया