Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नेपालीहरूले नियमित खाने खानेकुरा हुन् भात, रोटी, आलु आदि । यी सबैमा भरपुर मात्रामा कार्बोहाइड्रेट पाइन्छ । बिहानको खानादेखि दिउँसोको खाजा र रातिको खानासम्ममा कार्बोहाइड्रेट सबैभन्दा बढी हुन्छ । कार्बोहाइड्रेट शरीरका लागि जरुरी पोषक तत्त्व हो ।

यसलाई शरीरले ग्लुकोज वा ब्लड सुगरमा परिणत गर्दछ । यसबाट शरीरले काम गर्न तागत प्राप्त गर्छ ।केही मानिसहरू तौल कम गर्न कार्बोहाइड्रेटको सेवन नै बन्द गरिदिन्छन् ।

यसकारण आज हामी हामीले कार्बोहाइड्रेट छुँदै छोएनौँ भने शरीरमा कस्ता कस्ता असर हुन्छ होला भन्ने विषयमा जानकारी गराउँछौ ।

तौल घट्छ : शरीरमा अचानक कार्बोहाइड्रेट कमी भयो भने तौल पनि घट्छ । कार्बोहाइड्रेट कम गर्दा मसल्समा रहेको ग्लाइकोजन स्टोरेज सकिँदै जान्छ । यसले शरीरमा पानीलाई रोकेर राख्छ । कार्बोहाइड्रेट कम गर्दा शरीरमा सोयिडम ९नुन० पनि कम हुन्छ । जसका कारण शरीरबाट पानी पनि बाहिर जान्छ । कार्बोहाइड्रेट खान सुरु गर्ने बित्तिकै वाटर वेट पनि तुरुन्तै बढ्न थाल्छ ।

किटो फ्लु : कार्बोहाइड्रेट कम खाँदा शरीर किटोसिसको स्थितिमा जान्छ । जसका कारण कमजोरी हुने, थकाइ लाग्ने, रिँगटा लाग्ने र टाउको दुखाइ जस्ता समस्याहरू हुन थाल्छन् । यसका कारण पेट दुखाई, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

ब्रेन फग : शरीरले रगतमा चिनीको मात्रा सामान्य राख्ने कोसिस गर्दा धमिलो देखिने समस्या हुन सक्छ । कहिलेकाहीँ सुत्नमा समस्या पनि हुन सक्छ । यसकारण थकान हुन सक्ने अनि ब्रेन फगको पनि समस्या हुन सक्छ । कार्बोहाइड्रेट कम भएको खानेकुरामा फाइबर पनि कम हुन्छन् ।

यसका कारण कब्जियत हुन सक्छ वा पेटमा बन्ने ग्यासले पाचन प्रणालीलाई बिगार्न सक्छ । पेट फुलेको जस्तो वा दुखेको महसुस हुन सक्छ । तपाईँले प्रशस्त पानी पिउनु भयो र पर्याप्त इलेक्ट्रोलाइट्स लिइरहनु भयो भने समस्याहरू लामो समयसम्म नरहन पनि सक्छन् ।

मुखबाट गन्ध : शरीर कार्बोहाइड्रेटको सट्टा फ्याटी एसिडमा चल्न थाल्यो भने यसले सास मार्फत एसीटोनको रूपमा किटोन्स छाड्न थाल्छ । यसका कारण सासबाट गन्ध आउन सक्छ । केही मान्छेले मुखबाट आउने दुर्गन्धको स्वाद सडेको स्याउ जस्तो हुने बताउँछन् । यसबाहेक मुख सुख्खा छ भने पनि सासबाट दुर्गन्ध आउन सक्छ । मुख ब्याक्टेरियाबाट लड्न र्‍याल नहुने भएकोले यस्तो हुन्छ । त्यसैले सधैँ पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

रगतमा चिनीको मात्रा कम हुने : लो–काब्र्स डाइटका कारण रगतमा चिनीको मात्रा कम हुन सक्छ । मधुमेह भएकाहरूलाई यसबाट केही फाइदा हुन सक्छ । तर कार्बोहाइड्रेट सेवन पूरै घटाउँदा हाइपोग्लाइसीमियाको जोखिम हुन सक्छ ।

रगतमा चिनीको मात्रा निकै कम हुँदा यस्तो हुन्छ । यसका लागि दिनहुँ भोजनमा कम्तीमा पनि १५ ग्राम कार्बोहाइड्रेट समावेश गर्नुहोस् । तपाईँलाई मधुमेह छ भने समय समयमा रगतमा चिनीको मात्रा चेक गरिरहनुस् ।

तपाईको प्रतिक्रिया