Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
निर्वाचन ऐतिहासिक 
टोकियो  – नेपाली क्यालेण्डरमा मसिर ४ धेरैचोटी आए -गए । तर यो बर्षको मंसिर ४ बिशेष मात्र रहेन ऐतिहासिक रह्यो । यसमाने कि मुलुक र मुलुकबासीको भाग्य र भबिष्य जोडिएको मुलकानुन निर्माण गर्ने संबिधान सभाको दोस्रोचोटी भएको निर्वाचन सफलता र शान्तिपूर्वक सम्पन्न भएको छ ।
छिटफूट घटना, झडप, असहज परिस्थितिपछिको स्थगनबाहेक देशभरि सोंचिएकोभन्दा सौहाद्रपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको नतिजा आउन बाँकी नै रहेको अर्थात नेपालीको भाग्य अझै बन्द बाकसमै रहेको भए पनि निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने दलहरु, सरकार, निर्वाचन आयोग र नेपाली जनता धन्यबादका पात्र बनेका छन् र उनीहरुले एउटा ऐतिहासिक महायज्ञ सम्पन्न गरेर सम्झिनयोग्य दिनकारुपमा मंसिर ४ लाई इतिहासको पानामा दर्ज गरेका छन् ।
यसैबिच प्रमुख निर्बाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनमा इतिहासमै सर्बाधिक मत खसेको बताएका छन् । उनकाअनुसार यसपटक १ करोड २२ लाख मतदाता मध्य करिव ७० प्रतिशत अर्थात ८५ लाख मतदाताले मतदानमा भाग लिएका छन् । यसबाट के बुझ्न सकिन्छ भने मुलुकले निर्वाचनबाटै एउटा स्थायी निकास खोजेको प्रमाणित भएको छ र बहिष्कारबादी शक्तिहरुलाई एक पटक नेपाली जनताको जनमतलाई सम्मान गर्न ध्यानाकर्षण गराएको छ ।
निर्वाचनको अघिल्लो दिनसम्म चुनाव हुन्छ कि हुँदैन भईहाले पनि के-कस्तो परिस्थितिहरुको सामना गर्नुपर्ने हो भन्ने अन्यौल रहे पनि चुनावका दिन बहिस्कार गर्ने मोहन वैद्यलगायतका मोर्चाको भूमिका खासै प्रभावकारी हुन सकेन ।
संबिधान सभाको निर्वाचन र यसले ल्याउने नतिजा अनि त्यसले मुलुकलाई प्रदान गर्ने दिशानिर्देशका सम्बन्धमा देशभित्र मात्र नभएर देशबाहिर रहेको ठूलो नेपाली जमात पनि निकै चासो र चिन्ताकासाथ ब्यग्र प्रतिक्षमा रहेको अवस्था छ । यसलाई ध्यानमा राख्दै समुद्रपारिले मसिर ४ का दिन देशैभरिका संभवभएसम्मका चुनावी हालचाल समेटेर लाईभ अपडेट गरेका थियौं । यसैगरी आज पनि देशैभरि निर्वाचनको मतगणना सुरु भईरहेको र सुगम जिल्लाका मतपरिणामहरु संभवत आजै अपरान्हबाट धमाधम आउन सक्ने आंकलनलाई ध्यानमा राख्दै समुद्रपारि डट कमले हाम्रा पाठकहरुको चासो र चिन्तालाई ध्यानमा राख्दै मत परिणामको ताजा विवरण तत्काल जानकारी गराउन निरन्तर लाइभ अपडेट गर्ने ब्यवस्था गरेका छौं । मत परिणामको नतिजा थाहा पाउन हामीसंगै रहनुहोला ।  *****
तपाईको प्रतिक्रिया