Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

संविधानसभाको दोस्रो निर्वाचनको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । निर्वाचनका लागि १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाताले आज आफ्नो मताधिकार प्रयोग गर्दैछन् । तीमध्ये ६१ लाख ६६ हजार ८ सय २९ महिला, ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र १ सय ५५ तेस्रो लिंगी छन् ।

१० हजार १३ स्थलमा १८ हजार ४ सय ५६ मतदान केन्द्र तय गरिएको आयोगले जनाएको छ ।

संविधानसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट २ सय ४०, समानुपातिक प्रणालीबाट ३ सय ३५ र राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ जना गरी ६ सय १ सदस्य हुने संवैधानिक व्यवस्था छ । निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २१ दलका ६ हजार १ सय २८ र समानुपातिकतर्फ १ सय २२ दल दलका १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

……………………………………

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेको सिराहाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतको तीन वटा मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताले अन्य दलका कार्यकर्तालाई भोट हाल्न अवरोध गरेका छन् ।
उनीहरुले आफ्ना पार्टीका कार्यकर्तालाई मात्रै लाईनमा बस्न दिएका छन् ।

……………………………………

दैलेख क्षेत्र न. २ को चामुण्डा गाविसस्थित हाराकोट क केन्द्रबाट नेकपा-माओवादी कार्यकर्ताहरुले मतपत्र लुटेर लगेका छन् ।

……………………………………

मुस्ताङको जिल्ला कारागार केन्द्रमा मतदान सकिएको छ । त्यहाँ ८ जना मतदाता छन् ।

……………………………………

नेपाली काँग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ४ मा उम्मेद्वार रहुनभएका गगन थापाले काठमाडौ मैतिदेबीस्थित मतदानकेन्द्रमा मतदान गर्नुभएको छ।

……………………………………

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नं २ को चन्द्रगढी- १ स्थित कलबलगुडी प्राविबाट मतदान गरेका छन् । उनी क्षेत्र परिवर्तन गरेर यसपटक क्षेत्र नं ३ मा गएका हुन् । रामचन्द्र पौडेलले तनहुँको सत्यवती उच्च माविको दमौली केन्द्र ख बाट पहिलोलो मतदाताका रुपमा मतदान सुचारु गरेका थिए । उनले सात बजे बिहान मत खसालेर मतदानका सुरुवात गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सहकारी प्रशिक्षण केन्द्र बानेश्वरस्थित मतादन केन्द्रबाट ७ बजे पहिलो मतदान गरेका छन् । कांग्रेस सभापति सुशील कोइरालाले नेपालगञ्ज-१३ स्थित बन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले शान्ति, स्थिरिता र लोकतन्त्र स्थापित गर्नका लागि यो मतदानको महत्वपूर्ण भूमिका रहने बताए ।

……………………………………

 

तपाईको प्रतिक्रिया