Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियाको अराजकता रोक्न अध्यादेशमार्फत कदम उठाउनुपर्ने चेतावनी दिएका छन्। आइतबार नेपाल पत्रकार महासङ्घ कास्कीका नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण तथा पदभार कार्यक्रममा बोल्दै उनले केही अनलाइन मिडियाले पत्रकारिताका सिद्धान्त र कानुनी मान्यता उल्लङ्घन गरेको आरोप लगाए।

उनका अनुसार, यस्ता मिडियाहरूलाई नियमन मात्र नभई नियन्त्रण पनि गर्नुपर्ने आवश्यकता छ। मन्त्री गुरुङले पत्रकारितामा मर्यादा र ऐन, कानुनको पालनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिदै नियम मानेर नचालिने मिडियाहरूलाई कडा कदम चाल्नुपर्ने स्थिति आएको बताए।

अनलाइन मिडियाको प्रभावकारी नियमनका लागि तयार पारिएको विधेयक हिउँदे अधिवेशनबाट पारित गरिने योजना रहेको जानकारी गराउँदै मन्त्रीले भने, “संसद बोलाउन तत्काल सम्भव नभएमा, अध्यादेशमार्फत विधेयक ल्याउनुपर्ने अवस्था आउन सक्छ।” उनले मिडियाको जिम्मेवार भूमिका सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया