शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

पत्रकारिता समाजको एैना हो । पत्रकारितालाई समाजमा सबैले जहा जसरी भएपनि हेरेर बस्छन् । मानिसहरु आफ्नो अनुहार, शरिरमा वा अनुहारमा केहि दाग लागेको छ की ? राम्रो छु कि छैन् । भनेर जसरी एैनालाई हेर्छन, हो त्यसैगरी समाजका हरेक नागरिकले पनि राष्ट्रमा भईरहेका हरेक गतिबिधिलाई राम्रा नराम्रा के कस्तो छ भनेर हर्ने भनेको पत्रकारितालाई हो । र पत्राकरिताले देखाउछ पनि । सरकार बिनाको राष्ट्र चल्न सक्छ यो सम्भव छ । एक छिन सोचौ त ? यदि सञ्चार नै भएन भने हामीले आखा देखे पनि हामी अन्धो हुन्छौ ।

त्यसैले पनि पत्रकारीतालाई राष्ट्रको चौथो अंग भनिन्छ तर पहिलो अंग माथीदेखि सबै तह तप्का सम्मको खबरदारी पत्राकरीताले गरेन भने सौचौ त ? एउटा पत्रकारले पत्रकारीताको माध्यामबाट समाजमा ठुलो परिबर्तन गराउन सक्छ, भष्ट्राचारीको कान तातो पार्छ सर्वाहारा, गरिखाने बर्गलाई उत्साह दिलाइ थप हौसला प्रदान गर्न सक्छ । र पत्रकारले निरन्तर आफ्नो कार्यलाई कसैको प्रलोभन,र कसैको डर धम्कीमा हामीले पत्रकारिताको मर्मलाई बिर्सेर यो, यस्तो गनु हुदैन भन्ने हामी पत्रकार नै हौ । समाजलाई सुसुचित पार्ने, कुनै तरिकाबाट अपार्दषित र ढिला सुस्ती भैरहेको भए पत्रकारले खोज्छ, लेख्छ, बोल्छ, ।

कुनै पनि काम चाँडो वा निर्धारिता समयमै हुनु पर्छ भन्ने मनन गर्ने पत्रकारहरुले एक चोटी अब आफैलाई फर्केर हेदा कस्तो होला ? बिभिन्न बाहानामा जिल्लाको पत्रकारितालाई नै धरासयमा पारिरहेको छ । यतिखेर हाम्रो पत्रकारिता माथी हाम्रा पाठक र श्रोताले पत्रकारिता गरिरहेका छन् । समाजका अन्य कुरालाई खबरदारी गरि सभ्य बन्न सुसुचित पार्ने हामी पत्रकार आफु के गर्दै छौ ? महासंघ केन्द्रले फाल्गुन २२ गते सुुदुरपश्चिमका सवै जिल्लामा जिल्ला अधिवेशन गर्ने योजना भएपनि योजना अनुसार सुदुरपश्चिमका अन्य जिल्लामा जिल्ला अधिवेशन सम्पन्न पनि भैसके तर अछाम जिल्लामा विवाद कायमै छ ।

पत्रकारका नेताहरुकै सामाजिक सञ्जालमा दोहोरी बडा मज्जाले चलेको छ । दोहोरी, त्यो पनि ३ पक्षिय दोहोरी बडा आनन्द आउछ नया उख्खान, नया तरिका नया प्रसंगमा सांकेतिक प्रहारले चर्चा परिचर्चा गरिदै छन् । महासंघ जस्तो स्वायत्त, स्वतन्त्र र साझा सस्थामा पनि राजनितिक रुपमा दुइधार भैरहेका छन् । प्रेस चौतारी अछाममा आबद्ध पत्रकारहरुले जिल्लामा क्रियाशिल नरहेका सर्वसाधारणहरु ब्यापारिहरुलाई पनि पत्रकार महासंघको साधारण सदस्यताका लागी सिफारीस गरीएको भन्दै यो गर्न नहुनुे भन्ने माग राख्दै आएको छ । हो यो माग जायज छ यसमा मेरो पनि समर्थन छ ।

बास्तवमा महासंघ जस्तो पत्रकारको नेतृत्व गर्ने सस्थाले यसो गर्नु हुदैन । जिल्लामा कृयासिल नभएका ब्यक्तिहरुलाई र जस्लाई पायो त्यसलाई राजनितिक दलको कृयासिल सदस्यता जस्तो दिइनु हुदैन । यदि जो पायो त्यहि ब्यक्ति ब्यापारि सर्बसाधारणहरु सबै नागरिक जिल्लाका सक्रिय, पत्रकार हुन्छन् भने बास्तिक हामी पत्रकारको अस्थित्व के होला ? हाम्रो पत्राकरीताको विश्वसनियता के होला ? त्यस पछि हामीले गर्ने पत्रकारिताको मान्यता र पत्रकारको मान्यता कस्ले दिन्छ हामीलाई ? आखिर सबै पत्रकार हुन्छन भने या समाजको चिन्तीत पत्रकार को ? खास पत्रकार को ? यसो हुनु हुदैन पत्रकारितामा चुतिनौ र कति पय भोको पेटमा पत्रकारिता गरिरहेका ब्यक्ति माथी यस्तो गर्नु सरासर पाप हो ।

क्रियासिल पत्रकारलाई सदस्यता दिइनु पर्छ । यस्मा कुनै गुनासो छैन । यो माग प्रेस चौतारी अछाममा आबद्ध पत्रकारहरुको हो । तर महासंघका बिरुद्ध बिभिन्न टिका टिप्पणी गर्नु हुर्दैन । तपाईहरुको मागलाई हामी बुझ्छौ आउनु तपाई पनि हेर्नुस हामी पनि हेर्छौ सबै मिलेर अगाढी बढौ सहमति गरौ । यसरी चर्को टिका टिप्पणी र आलोचना नगनुर्स । पत्रकार महासंघको भनाई यस्तो छ । प्रेस चौतारी अछामले वक्तब्यवाजी गरेको भन्दै प्रेश युनियन र प्रेश सेन्टरले आपत्ती जनाई रहेका छन् । पुरानो सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिसका बिषयलाई लिएर एमाले पार्टीको जिल्ला अध्यक्षको उपस्थितीमा पार्टी कार्यालयमा निर्णय हुनुले पत्रकार महासंघमाथि पार्टीको नांगो हस्तक्षेप भएको महसुस समेत प्रेश युनियन र प्रेश सेन्टरले गरेका छन् ।

महासंघ जस्तो स्वायत्त, स्वतन्त्र र साझा सस्थाको गरिमामाथि आँच आउने गरी गरिएको टिका टिप्पणी गर्नु हुदैन पाइदैन पनि पत्रकारितामा राजतिकको आडले होइन राजनितिमा छिरेका नेताहरुका लागी होइन स्वतन्त्र निष्पक्ष भएर समाजका लागी गरिनु पर्छ । यहि विवादका कारण पत्रकार महासंघ केन्द्र्रले अझै पनि पत्रकार महासंघ अछाममा सदस्यता नामावली पनि पठाएको छैन, तोकिएका केन्द्रिय प्रतिनिधि समेत आइपुग्न सकेका छैनन । फागुन २२ गतेमै जिल्लाका विभिन्न ठाउमा क्रियाशिल पत्रकार सदरमुकाम आईपुगे कोही त फर्के भने कोही अधिवेसनलाई पर्खिदै बसेका छन् । तर अधिवेशन कहिले हुने भन्ने नै अनिश्चित छ । अधिवेशन सम्मन्न गर्न सकृय रहेको महासंघ भन्छ । अब यँहा कहिले अधिवेशन हुने भन्ने कुनै निश्चित छैन् । पत्रकारहरुका एक अर्काको चर्को आलोचना टिका, टिप्पणी समाजिक सञ्जालको दोहोरिलाई हामी पत्रकारकै पाठकले हाम्रो रिपोर्टिङ्ग गरिरहेका छन् ।

सबै आफ् आफ्नो तर्फ बाट यहि गरिरहने हो भने कस्ले बिश्वास गर्छ अछामी पत्रकारिताको चिया पसल होस, हरेक क्षेत्रमा चर्चा चलिरहेको छ । सबै आवस्यक कुराहरुको मनन् गरि अछामका पत्रकारहरुले नेतृत्व पाउनु पर्छ यो बिबादलाई अब न लम्बाइयोस हामी माथी हाम्रा श्रोता र पाठक गर्दैछन् पत्रकारहरु भित्रको पत्रकारिता । पत्रकारका नेताहरु, बिभिन्न संग संगठनमा आबद्ध पत्रकारहरुले अब बुझ्नै पर्छ । नया नेतृत्व चयन गर्नै पर्छ ।

-लेखक रेडियो बान्निगढी अछाममा स्टेशन म्यानेजर पदमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया