शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

निर्वाचित अध्यक्ष बद्री केसी टिम तथा स्वघोषित अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माको टिमले ५० लाखभन्दा बढी डायस्पोराका नेपालीहरूको विश्वासको केन्द्र एनआरएनलाई तहसनहस बनाएर फुटको संघारमा पुर्‍याएका छन् । एनआरएन फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष बद्री केसी र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी महेश श्रेष्ठलाई जानेछ । तल उल्लेखित २ आधारमा केही निष्कर्ष सहितको विचारहरू प्रस्तुत गर्दछु ।

१) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री केसी, तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठ र भेरो भोटिङ कम्पनीका डाइरेक्टर मिचेल ग्रेगसँग पटकपटक भएको संवादका आधारमा ।

२) मैले नेपालस्थित २३-२५ को चुनावमासमेत प्रत्यक्ष उम्मेदवारी दिए मेरो ४ जना उम्मेदवार साथीकाबीचमा अति झीनो मतले दोस्रो वरियतामा उपविजेता भएकोसमेत भएकोमाथिका दुई अनुभवका आधारमा निम्नानुसार निचोड तथा निर्वाचित टिम बद्री, टिम महेश, निर्वाचन मण्डल र भेरो भोटिङ सिस्टमका सम्भावना, जिम्मेवार तथा कमजोरीहरू निम्नानुसार केलाएको छ ।

क) एनसीसीहरुमा सर्वोकृष्ट सफल एनसीसी जापानको चुनावको संघार तत्कालीन अध्यक्ष डा. बद्री केसी र तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठले कतिपय कुरामा प्रत्यक्ष तथा अप्रत्यक्ष दक्खल दिन खोजेको तर मसहितको निर्वाचन मण्डल निर्वाचन नियमावलीमा अडिग रहेको ।

ख) एनसीसीहरुका निर्वाचन पश्चात् डा. बद्री तथा महेश श्रेष्ठले आआफ्नो निर्वाचन प्रचारप्रसारको क्रममा एनसीसीहरुमा भएको निर्वाचनलाई आफूहरूले गर्दा भेरो भोटिङ सिस्टम ल्याउन सफल भई निष्पक्ष निर्वाचन गराउन सफल भएको भनी निष्पक्ष निर्वाचन तथा भेरो भोटिङ सिस्टमको राम्रो जस सम्पूर्ण दुई जनाले मात्र लिएको निष्पक्ष निर्वाचन गराउन सफल एनसीसीहरुलाई कुनै भूमिका तथा सरोकार नदिएको ।

ग) डा. बद्री तथा महेशको प्रमुख मातहतमा बनाइएको आईसीसी निर्वाचन मण्डललाई दुवैले अन्त्य विश्वास गरेको तथा दुवैले कुनै अनुगमन नगरिएको ।

अध्यक्ष डा बद्री केसी टिम, महेश टिम तथा आर्के टिमका त्रिपक्षीय कमजोरीहरू :-

१) निर्वाचन मण्डललाई पूर्ण विश्वास गर्नु ।

२) निर्वाचन भेरो सिस्टमबाट प्राप्त नतिजाको कच्चा डाटालाई कुनै अनुगमन नगरी हतारमा बाहिरल्याईनुमा प्रमुख कमजोरी अध्यक्ष डा. बद्री केसीलगायत निर्वाचन मण्डल र टिम महेश तथा टिम आर्केको पनि केही अपरिपक्वता र कमजोरी थियो ।

३) देश बाहिर रहने सम्पूर्ण नेपालीहरूको आस्थाको केन्द्र बनाउन खोजेको एनआरएनलाई निर्वाचन पूर्व नै भेरो सिस्टममानै नो भोटिङ जस्तो नालायकी सिस्टम राखी आ-आफूहरूले नालायकी पन देखाई एनआरएनलाई नै नो भन्न खोजिएको र भोटरहरूलाई भोट खेर फाल्न बाध्य बनाइएको ।

४) दुई पक्षले निर्वाचन परिणामलाई अस्वीकार गर्दै गर्दा भेरो भोटिङ सिस्टमको नियम अनुसार निर्वाचन मण्डलबाट २ जना, आईसीसीबाट २ जना, स्वतन्त्र सिस्टम इन्जिनियर २ जना र नेपाल सरकारको प्रतिनिधि १ जनाको टोली बनाई ७ जनाको छानबिन टोली बनाउन नसकेको ।

५) भोट गरेको log data, भेरो सिस्टमले दिएको नतिजा, निर्वाचन मण्डलले सार्वजनिक गरेको नतिजा, सार्वजनिक गरिएको तथा भेरो सिस्टमलाई पठाइएको ४६०० जनाको Databases विश्लेषण गर्न नसकेको । उक्त ७ जनाले ४६०० जनाको data आर्डिट गरी अस्ट्रेलिया स्थित भेरो सिस्टमको कार्यालयमा प्रत्यक्ष उपस्थिति जनाई log data मगाउन नसकेको ।

६) विशेष गरी असन्तुष्ट २ पक्षले अहिले परराष्ट्र मन्त्रालयलाई समेत अनुरोध गरी भेरो सिस्टम कम्पनसँग माथि उल्लेखित ४/५ नम्बर अनुसार log data मगाउन तिर नलागी ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तो लज्जास्पद रूपमा स्वघोषित टिम बनाउन टीम बनाउन तीर लागी एनआरएनलाई फुटको संघारमा लग्न खोजेको र नवनिर्वाचित भनिएको टिमले समेत उपविजेता भनिएको टिमको मुद्दाहरू सुनुवाइतिर नलागी अनावश्यक होहल्लातिर लागेको ।सम्भावना
क) जापानस्थित निर्वाचनको सिलसिलामा जापानको निर्वाचन मण्डल म आफूले पनि भेरो सिस्टमका बारेमा बुझेको बुझाई, उक्त सिस्टमका मालिक ग्रेग मिचेलसँंग पटक पटक गरेको संवाद र स्वयम डा. बद्री केसी र महेश श्रेष्ठले उक्त कम्पनीको बारेमा दिएको जानकारी र उहाँहरूले लिन खोजेको जसको आधारमा पनि भेरो सिस्टमले आफूले प्राप्त डाटालाई दुरुपयोग गरी सिस्टम मेनुपुलेट गर्न सक्दैन । किनकि उक्त कम्पनी अस्ट्रेलियन सरकारसँग मान्यता प्राप्त बहुराष्ट्रिय कम्पनी हो र ४६०० जनाको सस्तो निर्वाचनको लागी आफ्नो छवि नबिगार्ने सम्भावना हुन्छ । किनकि भविष्यका ठुलाठुला अन्य देशहरूका चुनाव गराउनबाट वञ्चित हुन चाहन्न तर, भेरो सिस्टमसँंग अनिवार्य log data मगाउन सक्नुपर्छ ।

ख) निर्वाचन मण्डलको अपरिपक्वता र नेपालको निर्वाचन मण्डल र आईटी टिमले भेरो सिस्टमलाई पठाएको डाटा र सार्वजनिक गरेको डाटा फरक पनि हुन सक्छ यसको लागी माथि उल्लेखित ७ जनाको छानबिन कमिटीले भेरोको कम्पनीमा गई log data मगाउन सकिएमा दूधको दूध पानीको पानी छुट्ट्याउन सकिने छ ।

जापानस्थित विशेष गरी अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र मेरो आफ्नो कमजोरी ।

१) जापानबाट विभिन्न पदमा छरपस्ट उठेका उम्मेदवारहरूलाई अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठको संयोजकत्वमा सकेसम्म थोरै उम्मेदवार उठाउन र एक पदमा एक उम्मेदवार मात्र उठाउन केही पहल नगरिनु । मैले पनि कोसिस गरेता पनि निष्कर्षमा पुर्‍याउन नसक्नू ।

२) जापानबाट छरपस्ट उठेका उम्मेदवारहरूले जापानको प्रतिष्ठा जोगाउन र जापानबाट एकजुट हुनुभन्दा पनि आ-आफू जस्तोसुकै हर्कत गर्नपछि नपर्नु ।

३) महेश श्रेष्ठलाई लिडर मानेर म लगायत एनसीसी जापानले विभिन्न पहल गर्न खोज्दा पनि महेश जी लगायत उहाँको टिम जापानका मतदातालाई समेत कुनै सरोकार नराखी अमुक पार्टीमात्रको बहकाउमा लाग्नु गल्ती थियो ।

  • पौडेल गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष हुन् ।
तपाईको प्रतिक्रिया