आइतबार, जेठ १३, २०८१
Sunday, May 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन् । यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपनि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्साहरुले बताएका छन् । बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ ।

७५ वर्षीय राजा चार्ल्स आफ्नी पत्नी रानी क्यामिलासँग अर्को मंगलबार लन्डनमा क्यान्सर उपचार केन्द्र जानेछन् । राजा चार्ल्स क्यान्सरको उपचार र निको भएर छिट्टै सार्वजनिक जिम्मेवारीमा फर्किने समेत उल्लेख गरिएको छ । राजा र रानीले अर्को मंगलबार क्यान्सर उपचार केन्द्रको भ्रमण गर्नेछन्, जहाँ उनीहरूले चिकित्सा विशेषज्ञ र बिरामीहरूलाई भेट्नेछन्, विज्ञप्तिमा भनिएको छ ।

यो यात्रा राजाले आउने हप्ताहरूमा गर्ने धेरै बाहिरी गतिविधिहरू मध्ये पहिलो हुनेछ । बकिङ्घम प्यालेसले राजाको मेडिकल टोली अहिलेसम्म भएको प्रगतिबाट धेरै खुसी छ र उनको निरन्तर रिकभरीको बारेमा टोली सकारात्मक रहेको बताएको छ । बकिङ्घम प्यालेसका प्रवक्ताले राजा चार्ल्सको उपचार जारी रहने बताए ।

 

तपाईको प्रतिक्रिया