Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान ९:१२ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १९० मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा ठुलो वर्षा हालसम्म नभएका कारण प्रदूषणको तह घट्न सकेको छैन ।

३ सय १ देखि ४ सयसम्मको एक्यूआईलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ । शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहुँ भन्ने अवस्थाको मानिन्छ ।

हेर्नुहोस् विश्वकै प्रदूषित १० सहरको सूचीः-वातावरणीय स्वास्थ्यविज्ञ यादव जोशीले आकाश धुम्म भएर प्रदूषण बढेका वेला मर्निङ वाकमा नजान सुझाव दिएका छन् । ‘धुलो र धुवाँका ससाना कण वायुमण्डलको तल्लो सतहमा तैरिरहेका हुन्छन्, जुन हाम्रो नाक, मुखबाट सीधै प्रवेश गर्न सक्ने हुन्छ,’ उनले भने, ‘दम, निमोनियालगायतका बिरामीलाई झनै असर गर्ने भएकाले मास्क अनिवार्य लगाउनुपर्छ ।’

काठमाडौंको वायु प्रदूषणको कारकबारे अध्ययन गरेका प्राध्यापक रामप्रसाद रेग्मी हिउँदमा चिसो हावा तल र तातो हावा माथि भएर स्पर्श हुन नपाउँदा प्रदूषण बढ्ने बताउँछन् । जसकारण प्रदूषित हावा लामो समयसम्म उपत्यकाबाहिर निस्कन पाउँदैन । र, उपत्यका घेर्ने डाँडामाथि स्थिर किसिमको वायुमण्डलीय सतह बन्छ । ‘त्यसले उपत्यकामा बिर्को लगाएजस्तै गरी प्रदूषण आकाशतिर फिँजिएर जाने प्रक्रियालाई रोकिदिन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा उत्सर्जित वायुप्रदूषण उपत्यकाभित्र जम्मा हुन थाल्छ ।’

तपाईको प्रतिक्रिया