शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

अध्यारोमा तीर – पत्रकारिताको धर्म वा अधर्म भन्ने बिषयले मेरो मस्तिष्कलाई रन्थन्याई दिएको छ र दिउसै तोरीको फूल देखाई दिएको छ । यो पंक्तिकार कहिलेकाही कलम चलाउने र एक सम्बाददाताको भूमिका निर्वाह गरि बिश्वभरि समाचार बनाई पठाउने र पठाईएका समाचारहरु अधिकाश बिधुतिय संजाल (वेब पत्रिका )हरुमा प्रकाशित हुने गरेको भन्नुपर्दा म गौरब गर्दछु र समस्त सम्पादकप्रति श्रदा गर्दछु । यो क्षेत्रमा यो पंक्तिकार त्यतिकै होमिएको हैन भन्दा अतिसयोक्ति नहोला भन्ने ठान्दछु किन कि मेरो परिवारमा ३ जना पत्रकारिता पेसामा संलग्न रहेको रहष्य खोल्नैपर्ने हुन्छ l अहिले पनि समाचार सम्पादन र लेखनमा सहयोग गरि रहेको हुन्छु । धेरै पत्रकार मित्रहरु बनाउने मौका पाएको पनि छु र उठबस पनि छ । धेरै कुराहरु गहिरिएर अध्ययन गर्ने प्रयासमा हुन्छु र कहिले पनि हचुवाको भरमा कलम चलाउनु नपरोस भनि साबधानी अपनाउछु र लेख्छु ।

यहाँ मूलरुपमा यो प्रश्नले मलाई भित्र भित्रै खाई रहेको छ l पत्रकार जगतमा होमिने संचार कर्मीहरुले बिना आधार र अध्ययन नगरी भविष्यवाणी गर्ने काम कहिले गर्नुहुदैन भनि एक जना वरिष्ठ पत्रकारले भन्नु भएको थियो । तर उत्तर अमेरिकामा यस्तै सत्य र तथ्यको अध्ययन नगरि, विश्लेषण नगरि केवल संस्थालाई अपुरणीय क्षति र धब्बा लगाउने उदेश्य अनुरुप पूर्णरुपमा पूर्वाग्रह सहित भविष्यबाणी गरेको समाचार दुई बर्ष देखि देख्न पाईएको छ । पत्रकारहरुले भविष्यबाणी गर्दछन र ठ्याकै मिलाउछन पनि, सीएनएन र बिबिसीले सहि तथ्यांकप्रस्तुत गर्दछन किनभने व्यापक खोज र अनुसन्धान मात्र गरेर किटानसाथ भविष्यवाणी गर्दछन र भबिष्यबाणी पुग्छ । त्यो हो संचारकर्मी र पत्रकारिताको नमुना । तर उत्तर अमेरिकाबाट संचालित केहि संजाल(वेब पत्रिका) ले आफुलाई त्रिकालदर्शी ठानी यस्तो भविष्य बाणी गरेको पाईयो कि उनिहरुनै नै ब्रम्हा, बिष्णु र महेश्वर हुन् ,यो पत्रकारिता हो या पीत पत्रकारिता । संयुक्त राज्य अमेरिकामा पनि यस्तो समाचार हेर्न पाईन्छ किनभने मुलुक बाहिर पत्रकार हुन् अनुज्ञा पत्र लिईरहनु पर्दैन l उत्तर अमेरिका र बिश्वभरि थुप्रै यसरि संचारकर्मीको जन्म भएको छ र यो राम्रो कुरा पनि हो र बनिएका छन् । एउटा बिधुतिय संजाल खोल्यो कलम चलाउन सक्नुहुन्छ र यन्त्रमा दखल छ भने सरल पनि हुने भो । यो पंक्तिकार पनि आफ्नै बिधुतीय पत्रिका खोल्ने सोचमा छ l

बौद्धिक जगतका मानब जाती यी बिषयमा गम्भीर हुन्छन ।अध्यारोमा बाण-तीर चलाउने कुरामा विश्वास कदापी गर्दैनन किनभने कटुसत्य र यथार्तता अन्त्यमा सतह बाहिर आउछ भन्ने विद्वत वर्गले पहिले नै जानेको हुन्छ । अध्यारोमा तीर हान्ने काम केवल अल्पज्ञानी, आडम्बरी र आफुले आफैलाई मपाई भन्ने कु-बिचार लिएर हिड्नेले मात्र दुनियालाई देखाउन गर्दछन तर यस्तो क्रियाकलापको कसैले भाउ दिदैनन, त्यो पनि परदेशमा । यस्ता व्यक्ति बिश्वमा तपाईले जहा खोजे पनि फेला पार्नुहुन्छ र यस्ता खाले मानब हामीले गल्लि गल्लिमा फेला पार्छौ शायद यहाले पनि जीवनमा त्रीकालदर्शी भनाउदा देख्नु ,सुन्नु वा भेट्नु भएको छ भन्ने सत प्रतिशत विश्वास लिएको छु ।

मुडकी (बक्सिंग) प्रतियोगितामा यस्तो सुत्रले कहिले काम गर्दैन,अर्थात् अध्यारोमा तिर हान्ने , अझ सरल तरिकाले भन्नु पर्दा जहाँ पायो त्यहा प्रहार गर्दा बिपक्षीले प्राण त्याग्ने गरि अचेत अवस्थामा पुरयाई दिन्छ lसामान्य मानबबाट यस्तो हुनु स्वाभाविक हुन्छ । कहिलेकाही भूल चुक वा अज्ञानताको कारण कुनै व्यक्तिले यसो गर्न सक्छ तर जो समाजको दर्पण हो भनि दाबी गर्ने संचारक्षेत्र जस्तो गरिमामय पेसामा लागेको व्यक्ति जो सत्य, तथ्य, अनुसंधान्मक सोध र खोजमुलक समाचारहरु आम मानिस र समुदायलाई सु- सूचित गर्नुपर्ने प्रथम कर्तब्य र दायित्व हुदा हुदै आफुलाई त्रि-कालदर्शी ठानी भविष्यमा यो फलाना यस्तो हुदैछ, यो संस्था भिषण आर्थिक संकटको भुमरीमा पर्दैछ, धाराशाही र खाडलमा पुरिदै छ अनि फलाना जस्ता गरिमामय व्यक्ति अटाउन सकेनन, संस्थाको भविष्य अनिश्चित र राहुको दशा लाग्ने भो आदि ईत्यादीको समाचार आम मानिसले दुई बर्ष देखि अवश्य देखेको र पढेको हुनुपर्दछ यदि सुन्नु भएको छैन भने नसुनेकै राम्रो ।

खै त भविष्य बाणी पुगेको ? गत साल पनि उत्तर अमेरिकामा बसोबास गर्ने कसैले सुने र पढे होलान एएनए सम्मेलन अगाडि भन्ने ठान्दछु । केवल यो संदेश उत्तर अमेरिका कै राष्ट्रिय स्तरको सबै भन्दा ठूलो छाता संगठन/संस्था एएनएप्रति धावा बोलियो । यसपाली पनि नाग पंचमीमा ब्राम्हणहरुले नाग टास गरे झैँ आफ्नो निजीरुपमा सन्चालनमा ल्याएको संजालमा वकिलद्वारा लिखितम गरेको दस्ताबेज टासी सम्मेलन एएनए सम्मेलन रद्द भयो र बन्द गर । भनि उर्दी जारी पनि भयो l बुझ्नेले यो पनि अध्यारोमा तीर मात्र हो भन्दै वास्तै गरेनन l ए एन ए सम्मेलन आयोजकहरुले रद्दी टोकरीमा फ्याली दिए l भर्खरै ईतिहास कै सबै भन्दा ज्यादा आर्थिक लाभ दिने एएनए टेक्सास सम्मेलनको पछिल्लो आर्थिक शुभ समाचारले भविष्यबाणीकर्तालाई जवाफ दिईसकेको छ l

भबिष्यवाणीकर्तालाई भारत आसामको चेरापुन्जीको भिषण बर्षाले कता पुरयायो कता र यसपाली पनि हु-बहु उही कथा साथ प्रस्तुत दोहोरियो । गत साल नै चोटको छटपटाहट र चरम दुखाईबाट घाईते ईन्तु न चिन्तु भएको सुनियो । भ्यागुता पछारिए झैँ भूईमा पछारियो यो बर्ष पनि तस्तै भयो l अब डाको छोडेर रुनु मात्र बाकी होला भन्ने विश्वास सबैले आशा गरेका छन् । बिश्वको सबैभन्दा शक्तिशालि राष्ट्रमा सयुक्त राष्ट्र अमेरिकामा पनि नेपालको कु-संस्कार आफु संगै बोकेर ल्याएको देख्दा समाज र समुदाय आश्चर्य चकित छ यो त नेपालीले कहिले न त्याग्ने भए ,चन्द्रमा पुगे पनि आदत जस्ताको त्यस्तै ।

अध्यारोमा तिर हान्ने क्रममा ईतिहास मै मुलुक बाहिर स्थापना भएको पहिलो सगरमाथा टिभी, युएसएलाई कसैले ६ महिनामा नै बन्द हुन्छ भनि अध्यारोमा तीर हाने तर १४ बर्ष देखि निरन्तर उच्च कार्यक्रम पस्कदै अझ मजबूत हुदैछ । डिसीनेपाल डटकमलाई पनि त्यस्तै अध्यारोमा तीर अथवा झटारो हाने तर तीर लागेन । डिसीनेपाल डटकम विश्वको सबैभन्दा मनोरन्जनात्मक र समाचारमुलक एक शक्तिशाली संजाल (वेब पत्रिका) बनेको छ र यो यहाँ मैले प्रसंगबस उदाहरण स्वरूप प्रस्तुत मात्र गर्ने जमर्को गरेको हु । संचारकर्मी सामाजिक सचतेनामा सदैब खबरदारी गरि रहने एक सिपाही जस्तै हुन्छ , सत्य र सहि छुट्याउने पेसा हो । अध्यारोमा तीर त अरु बिभिन्न पेशाका व्यक्तिले गर्न सक्दछन, सबै भन्दा अध्यारोमा तीर हान्ने सिपालु त राजनीति गर्ने राजनीतिज्ञहरु हुन्छन तर समाजलाई सू-सुचित गर्नुपर्ने पत्रकारिता पेसाले झुठा र असत्य समाचार प्रकाशित गरिदियो भने एक पटक झुक्याउन सफल होला तर अर्को पटक उसको विश्वसनीयता प्रति प्रश्न चिन्ह लाग्दछ र भविष्य डामाडोल हुन् पनि सक्दछ l

अध्यारोमा तीर स्वर्गीय महान नेता गिरिजा बाबुले एक पटक आन्दोलनमा होमिएका सबैलाई भन्नुभएको थियो कि अबको आन्दोलनले निर्णायक मोड लिन्छ, तर सोहि राती माईला दाईले बागडोर कब्जा गरे, त्यहाँ पनि तीर चुक्यो, अर्को उदाहरण अध्यारोमा तीर हान्ने क्रममा कान्तिपुरले धरान कि अनुजा बानिया जसले ९२ लाख पाए पनि मालिकलाई सबै रकम फिर्ता दिएको समाचारले सनसनी मच्यायो तर समाचार असत्य ठहर भयो त्यहाँ पनि आध्यारोमा तीर हानेको हुनुपर्छ नत्र कान्तिपुरले हत्तपत्त सम्पादनमा चुक्दैन । सत्य र तथ्य पत्ता लगाई समाचार प्रकाशित गर्दछ तर केहि समय पश्च्यात क्षमा माग्यो ।

संस्था कहिले पनि खराब र नराम्रो हुदैन, केवल ब्यक्ति खराब हुन्छ त्यसैले संस्था खराब भनि दोष नदियौ । अध्यारोमा तीर हान्नेहरुले धेरै संघ तथा संस्थालाई तीर हान्दछन र यसमा एए ए संस्था पनि अछुतो रहेन र एएनए समाप्त हुने भो । तथाकथित एएनए सम्मेलन आदि ईत्यादीको चोटिलो प्रहार गरे तर हातमा लाग्यो सुन्ने कारण अध्यारोमा तिर हान्ने जो सुकैको पनि निसान लाग्छ भन्ने निश्चित हुदैन तर कहिलेकाही संयोगबस यस्तो हुन् पनि सक्छ वस्तुत हामी सबै नेपाली हौ र हामी जुन पेसामा छौ यसको हामी आफैले मर्यादा राख्नु पर्छ र गरिमाममय पेसालाई सडक छाप बनाउनुहुदैन । अझ एक एक शब्दले धेरै अर्थ लाग्ने र मुल्य चुकाउनु पर्ने हुनाले हामी लेखक र पत्रकारिता क्षेत्रमा हात हाल्ने सबैले सम्बेदनशील हुनुपर्छ । दिगो स्थायित्व कायम गर्ने हो भने पीत पत्रकारितालाई त्रिशुली नदीमा सेलाई दिनुपर्छ र यस्ता असत्य, झुटा, नाटकीय र कपोलकल्पित समाचारहरुलाई कदापी श्रेय र प्रोत्साहन दिनु हुदैन । बरु समाज बहिस्कार र तिरस्कारको ढोल पिट्नु पर्छl ब्यबहार गरि दिए मात्र उ एक्लो बृहस्पति हुन्छ । अध्यारोमा तीर चलाउन ईक्षा गर्नेले यस्तो कुकर्म गर्न हजारौ पटक सोच्न बाध्य हुनु पर्छ र सदा सदाको लागि मूल दैलोको चुकुल लगाई पृथक पार्न सके चेत खुल्ने हुन्छ । समाज र समुदाय यस्ता अध्यारोमा तीर चलाउने संग बच्नु पर्छ र वास्तै गर्नु हुदैन त्यसैमा सबैको भलाई हुन्छ । ***

तपाईको प्रतिक्रिया