सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित मेसेजिङ एप ह्वाट्सएपले भारतबाट बाहिरिने चेतावनी दिएको छ । दिल्ली उच्च अदालतले मेसेज इन्क्रिप्सन तोड्न निर्देशन दिए आफू भारतीय बजारबाट बाहिरिने ह्वाट्सएपले उल्लेख गरेकाे हो । प्रयोगकर्ताले आफ्नो गोपनियतालाई मध्यनजर ह्वाट्सएपको इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर प्रयोग गर्ने गरेको भन्दै यसलाई तोड्न नसकिने ह्वाट्सएपकाे ​तर्क छ ।

गत १४ अगस्टमा दिल्ली उच्च अदालतले ह्वाट्सएपकाे माउ कम्पनी मेटालाई सुनुवाइको लागि बोलाएको थियो । सामाजिक सञ्जाल मोडेरेटरका लागि भारतले ल्याएकाे सूचना प्रविधि (आईटी) नियमहरूलाई चुनौती दिँदै ह्वाट्सएपले च्याटहरू ट्रेस गर्न नहुने जनाएको हो । त्यसै अन्तर्गत ह्वाट्सएपले अदालतलाई यस्तो चेतावनी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

“प्लेटफर्मको नाताले यदि हामीलाई इन्क्रिप्सन तोड्न भनियो भने ह्वाट्सएप बाहिरिन्छ,” ह्वाट्सएप पक्षका वकिलले अदालतमा भनेका छन् । भारतमा ह्वाट्सएपका ४० करोड बढी प्रयोगकर्ता छन् । ​ह्वाट्सएपका लागि भारत नै सबैभन्दा ठूलो बजार पनि हो ।

तपाईको प्रतिक्रिया