शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो (जापान)- अन्तर्राष्ट्रिय नेपाली समाज जापानले आउँदो नयाँ बर्ष २०१२ को उपलक्ष्यमा एक बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा नेपालका बहुत चर्चित आधुनिक, लोक एवं पप गायक हेमन्त शर्माका साथै अन्य थुप्रै स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रम जनावरी १ का दिन टोकियोस्थित इकेगामी खाईकान हलमा आयोजना हुने संस्थाका अध्यक्ष शालिकराम भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा गुल्मेली समाज जापानको सहयोग तथा जापान मनि एक्सप्रेसको प्रयोजन रहने जनाइएको छ । जापानमा नयाँबर्षको उपलक्ष्यमा लामो बिदा पर्ने हुँदा कार्यक्रममा धेरै भन्दा धेरै नेपाली र जापानी नागरिकहरुको पनि सहभगिता रहने संस्था का महासचिव अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रम सफल तथा मर्यादित बनाउन उपाध्यक्ष तेजप्रसाद अर्यालको संयोजकत्वमा विभिन्न समितिसमेत गठन गरिएको आयोजकले जनाएको छ ।  ***


तपाईको प्रतिक्रिया