सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भोलि हुने उपनिर्वाचनका लागि नेपाल प्रहरीले तीन चरणको सुरक्षा योजना बनाएको छ । इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उप निर्वाचनमा निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको हो । नेपाल प्रहरीका एआईजी भीमप्रसाद ढकालले उपनिर्वाचनका लागि २ हजार ३ सय ८७ प्रहरी परिचालन गरिएको जानकारी दिए ।

इलाममा १ हजार ३६३ जना र बझाङमा १ हजार २४ जना प्रहरी परिचालन गरिने छ । उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ ।४२ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ भने ६९ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

इलाममा १९ र बझाङमा २३ मतदानस्थललाई अति संवेदनशील सूचीमा वर्गीकरण गरिएको हो । अति संवेदनशील मतदानस्थलमा १२ देखि १७ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ ।

 

तपाईको प्रतिक्रिया