सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३५ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३७ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया