मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलको सदस्य रहेका शिक्षक र कर्मचारीलाई पदबाट हटाउने तयारी गरेको छ। मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको ,कार्यकारिणी समितिमा रहेको र महाधिवेशन प्रतिनिधि भएकोजस्ता उजुरी आएपछि मन्त्रालयले दलमा सक्रिय शिक्षक र कर्मचारीलाई कारबाही गर्न लागेको हो। शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको तथ्य पाइएमा शिक्षा ऐन अनुसार मन्त्रालयले कारबाही गर्ने जनाएको छ । मन्त्रालयले शिक्षकलाई पदबाट हटाउने सम्मको कारबाही प्रक्रिया अगाडि बढाउने उल्लेख गरेको छ ।

उच्च अदालतबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६९ङ०को उपदफा ९५० को खण्ड ९छ० मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु भनी शिक्षा मन्त्रालयलगायतका विपक्षीहरूका नाममा परमादेशको आदेश विगतमा भएको थियो । यस बिषयको जानकारी मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाएको छ ।

 

तपाईको प्रतिक्रिया