Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाडौं- वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार ५ सय ८३ पुगेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनबाट हालसम्म आठ हजार ४४२ जनाको मृत्यु भएको छ भने वैशाख २९ गते गएको अर्को शक्तिशाली पराकम्पनबाट १४१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार दुबै पटकको भूकम्प तथा पराकम्पनमा परी हालसम्म १ लाख १ हजार १ सय ८१ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया