आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी सचेतनामुलक लघु चलचित्र सार्वजनिक गरिएको छ । ‘सदबुद्धि’ नामक उक्त चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । २०७२ बैशाख १२ गते गएको महाभुकम्पपछि सुस्त रुपमा चलिरहेको पुनर्निर्माणको बिषयलाई लघुचलचित्रले उठान गरेको छ ।
यस्तै चलचित्रमा नक्कली भुकम्प पीडित बनेर कतिपयले पैसा लिँदा आईपरेको समस्यालाई पनि देखाइएको छ । त्यसैगरी कतिपयले पुनर्निर्माणको लागि पाएको पहिलो किस्ताको रकमको सहि रुपमा सदुपयोग नगरी विलासिताका सामग्री र सहि तवरले प्रयोग नगरिएको कुराहरुलाई पनि चलचित्रले समेटेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि सेभ द चिल्ड्रेन नेपालको सहकार्यमा शुभ मिडिया होमले निर्माण गरेको यस चलचित्रलाई सरोज ओली र दीपक आचार्यले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद अभिमन्यु निरवीले लेखेका हुन् ।
चलचित्रमा रामचन्द्र अधिकारी (गोक्ते काजी) ले नक्कली भूकम्प पिडित बनेर राहात लिँदा विविध समस्या झेलेको देखाइएको छ भने सुरविर पण्डितले राहात रकम जाँड खाएरै सकेको देखाइएको छ । चलचित्रमा सुनिल थापा, टिका पहारी, गौरव पहारी, हर्षिका श्रेष्ठ, दीपक आचार्य, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, विष्णु बुढाथोकी लगायतको अभिनय छ । भिडियो सहित

तपाईको प्रतिक्रिया