शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संयुक्तराज्य अमेरिकामा बेरोजगारी दरमा सामान्य वृद्धि भएको छ । अमेरिकामा बेरोजगारी दर ३.९  प्रतिशतमा पुगेको हो । कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभभन्दा कम छ ।

फेब्रुअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ । जुन दुई वर्षको उच्चतम स्तर हो । मार्चमा ३.८ प्रतिशत थियो । अमेरिकी श्रम विभागका अनुसार अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको छ ।

तपाईको प्रतिक्रिया