Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ। जसपा फुटेर अशोक राईको नेतृत्वमा नयाँ पार्टी बनेको छ। उपेन्द्र यादव नेतृत्वका जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा जसपा गठनको लागि सात सांसदहरूले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

सांसद अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि वीरेन्द्र महतो लगायतका नेता निर्वाचन आयोग पुगेका छन् । नयाँ पार्टीको लागि मुठ्ठी चुनाव चिन्ह राखिएको छ । विद्रोही सांसदहरूमा राई र महतोका अलावा प्रदीप यादव, नवलकिशोर साह सुडी (हाल वनमन्त्री), सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर छन् । नयाँ पार्टी गठन हुने भएपछि निर्वाचन आयोगमा अहिले प्रक्रिया अगाडि बढिरहेको छ ।

यसअघि जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो। त्यस्तै, बाबुराम भट्टराईले पनि जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका थिए।

तपाईको प्रतिक्रिया