शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ । दुर्घटनामा तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

कीर्तिपुर-रत्नपार्क चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे थप विवरण आउनै बाँकी छ ।

तपाईको प्रतिक्रिया