Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ जापानको राजधानी टोकियोमा आइतबार प्रदर्शन हुने भएको छ । महिला प्रधान भनेर चर्चा गरिएको सामाजिक कुरीतिविरुद्धको आवाज बोलेको चलचित्र भोलि प्रदर्शन हुने भएको हो ।

भिजोनिया कर्पोरेशनले जापानमा प्रदर्शन अधिकार प्राप्त गर्दा गरेको बताउँदै सुवास लामिछानेले टोकियो प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनकाअनुसार प्रदर्शन व्यवस्थापन डेस्टिनि क्रियशनले गरिरहेको छ । टोकियो स्थित नाकानो जेरो हलमा आइतबार साँझ ६ः३० बजे प्रदर्शन हुने चलचित्र नाकानो जेरो हलको १२ सय सिट क्षमताको भव्य हलमा प्रदर्शन हुनेछ ।

चलचित्र हेर्न चाहनेहरूको माग बढ्दै गएपछि चलचित्र नाकानो जेरो हलको ठुलो पर्दामा देखाउन लागिएको आयोजकले जनाएको छ । चलचित्र ‘बोक्सीको घर’ले तीन हप्तामा नेपालमा १० करोड ग्रस कलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको चलचित्रले तीन हप्तामा १० करोड ग्रस कलेसक्सन गरेको हो ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारीको मुख्य भूमिका रहेको छ । केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

तपाईको प्रतिक्रिया