शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले आइतबार दिउँसो काठमाडौंको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् । उनी आजै काठमाडौं आएकी हुन् ।

उनी आइतबार दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री खामिखावाले आजै उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी नेपाल वायुसेवा निगमको विमानमार्फत आजै राति जापानका निम्ति प्रस्थान गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया