Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको शुक्रबार राति हृदयघातका कारण निधन भएको छ । परिवार र अस्पताल स्रोतका अनुसार उनलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वस्ती २०६५ सालको भदौ २२ गते सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएका थिए । करिब ६ वर्षसम्म न्यायिक भूमिकामा रहेपछि २०७० साल चैत २९ गते उनी अतिरिक्त न्यायाधीशकै रूपमा अवकाश भएका थिए । सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्ती मानव अधिकार आयोगमा सक्रिय भए । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको नेतृत्वमा रहेको आयोगमा उनले २०७१ सालको कात्तिक २ गतेदेखि २०७७ सालको कात्तिक १ गतेसम्म सदस्यका रूपमा काम गरे । त्यसपछि उनी अध्ययन, अनुसन्धान, र पुस्तक लेखनमा लागेका थिए ।

२०६४ सालमा सर्वोच्च बार एसोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’मा वस्तीले महत्वपूर्ण भूमिका खेलेका थिए । समितिले अदालतहरूमा विचौलिया हावी भएको प्रतिवेदन पेश गरेको थियो । २०६६ सालमा सर्वोच्च अदालतले गठन गरेको ‘विकृतीविहीन न्यायपालिका विकास अध्ययन कार्यदल’मा पनि उनी सदस्य रहेका थिए ।

वस्ती २०३३ सालमा कानून व्यवसायमा प्रवेश गरेका थिए। सूर्यनाथ उपाध्यायको नेतृत्वमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानूनी सल्लाहकारका रूपमा उनले सेवा गरे । २०६५ सालमा वरिष्ठ अधिवक्ताको उपाधि पाएका उनले भ्रष्टाचार नियन्त्रण, देवानी कानून, र कानूनी प्रणालीको विकासमा गहिरो रुचि राख्थे। यसबारे उनले थुप्रै पुस्तकसमेत लेखेका थिए ।

२०१० साल असार ८ गते जन्मिएका वस्तीले जीवनभर न्याय, कानून र समाज सुधारका क्षेत्रमा योगदान दिए । अवकाशपछि पनि न्याय र कानूनी अध्ययनमा निरन्तर सक्रिय रहेका वस्तीको निधनले न्यायिक क्षेत्रलाई ठूलो क्षति भएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया