Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले नियम र कानुनअनुसार कमाएको आम्दानीबाहेक कुनै अवैध सम्पत्ति आर्जन नगरेको स्पष्ट पारेका छन् । पोखराको जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले शुक्रबार सम्पत्ति शुद्धीकरणको मुद्दामा बयान लिने क्रममा लामिछानेले यस्तो दाबी गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लामिछानेले आफ्नो बयानमा ग्यालेक्सी टेलिभिजनमा राम्रो पारिश्रमिकमा काम गरेको र त्यो रकम कानुनअनुसार बैंक खातामा आएको बताए । उनले भने, ‘मैले कर तिरेर कमाएको पारिश्रमिक बाहेक मेरो खातामा अन्य कुनै रकम आएको छैन । मलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक छैन ।’

७ पुसमा दायर गरिएको मुद्दामा रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख बिगो माग गरिएको छ । लामिछानेका अनुसार यो रकम उनको व्यक्तिगत खाताबीच भएका रकम स्थानान्तरण, वालेट ट्रान्जेक्सन र परिवारका सदस्यसँगको लेनदेनलाई पनि जोडेर हिसाब निकालिएको हो । उनले भने, ‘मेरो आफ्नै खाताबाट अर्को खातामा सारेको रकम र परिवारको खातामा पठाएर फेरि त्यही खाताबाट आएको रकम समेत बिगोमा गन्ने गरिएको छ ।’

लामिछानेले ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईको निर्देशनमा आफूले प्रबन्ध निर्देशकका रूपमा काम गरेको र चेक काटेको स्पष्ट गरे । ‘गोर्खा मिडियाको आर्थिक कारोबारको सम्पूर्ण अधिकार जिबी राईसँग थियो। उनको निर्देशनबाहेक कुनै कारोबार भएको छैन,’ उनले भने ।

सहकारी ठगी प्रकरणमा पनि लामिछानेले इन्कारी बयान दिएका छन् । उनले पोखराको सूर्यदर्शन सहकारीमा आफूले कुनै संलग्नता नराखेको दाबी गर्दै भने, ‘सूर्यदर्शन सहकारी देखेको छैन, पाइला टेकेको छैन, मेरो कुनै खाता वा सेयरसमेत छैन ।’

लामिछानेको बयान बिहीबार सुरु भएर शुक्रबार सकिएको हो । थुनछेक बहसपछि मात्रै मुद्दाको थप प्रक्रिया अघि बढ्नेछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया