आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

राहत जुटाउन जापानको नेपाली समुदाय

IMG_3694टोकियो – बैशाख १२ को महाभूकम्पपछि जापानको नेपाली समुदाय यतिधेरै तरंगित भयो कि त्यति धेरै यसअघि कहिलै भएको थिएन । भूकम्पको घटना जानकारीमा आउँदा बित्तिक्कै जापानको नेपाली समुदायबीच के गर्ने, कसो गर्ने र कसरी अगाडि बढ्ने भन्ने बिषयमा सामाजिक सञ्जालमा बहस सुरु हुन थाल्यो । तत्काल कतै भेला भएर तुरुन्त एक्शनमा उत्रने उद्देश्यले टोकियोमा उपलब्ध समाजका अगुवा नेपालीहरु राजदूत निवास नाकामेगुरोमा भेला भए ।

भैपरी आउने यस्तै आकस्मिक बेलामा सञ्चारसम्पर्कका लागि सजिलो होस् भनेर सामाजिक सञ्जाल फेसकुकमा बनाईएको नेपाली समुदायको एउटा नेटवर्कले यतिबेला निकै काम गर्‍यो । आधाघण्टाको अन्तरालमा  ९० जनाभन्दा बढि समाजका जिम्मेवार नेपालीहरु सम्पर्कमा आए, आ-आफ़्ना भावना पोखे, अन्तर्क्रिया हुन सक्यो, सूचनाको कमाल भरपुर उपयोग भयो । ती मध्यका संभव हुने जति राजदूतनिवासको आकस्मिक भेलामा उपस्थिति जनाए ।
भेलाले ढिला नगरिकन भूकम्प पीडित राहत कोषको घोषणा गर्‍यो । उसो त कोषको घोषणा गर्नु अगावै एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले १ करोड रुपैंया राहत सहयोगको घोषणा गरिसकेका थिए । भूकम्प गएको एकाध घण्टाभित्रै यो पंक्तिकारलाई फोनमा जानकारी गराई गरिएको यो घोषणा संभवत नेपालभित्र र बाहिरबाट गरिएका घोषणामध्यकै पहिलो घोषणा हुनुपर्छ ।
यो घोषणाबाट जापानको नेपाली समुदायमा मात्र नभएर बिश्वभरि नै एउटा सन्देश गयो, सन्देशले सकारात्मक माहौल सिर्जना गर्‍यो । जसले गर्दा आ-आफ़्नो ठाउँबाट माभृभूमिका लागि सकेको केही गर्नुपर्छ भन्ने भावनाको प्रस्फुटन गरायो । त्यसपछि विभिन्न मुलुकमा रहेका नेपालीहरु आ-आफ़्नै ढंगले राहतका लागि अहोरात्र जुट्न लागे । जसअनुसार जापानमा पनि राजदूत निवासमा भेला भएका नेपालीहरुले कोषमा राहत रकम जुटाउन र यसलाई ब्यवस्थित ढंगले सञ्चालन गर्न भूकम्प पीडित राहत तथा सहयोग समिति गठन गरे । जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईको प्रमुख संरक्षकत्व र एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानको सिंगो नेपाली समुदाय परिचालन गर्ने गरी सबै क्रियाशील संघसंस्थाहरुको अध्यक्ष पदेन सदस्य हुने ब्यवस्थासहित सहयोग समिति गठन गरियो । तत्काल दूतावासले भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एउटा शोक वक्तब्य निकाल्यो । वक्तब्यमार्फत भूकम्प पीडितहरुका लागि उद्वार र राहतमा जुट्न र सक्दो सहयोगी भूमिका निर्बाह गर्न नेपाली समुदाय र जापानी समुदायलाई अपिल गरियो ।

IMG_3711सहयोग समितिलाई कार्यसम्पादनका लागि सजिलो होस् भन्ने हेतुले भोलिपल्टै विभिन्न उपसमितिमार्फत कार्यविभाजन गरियो । जसअनुसार सचिवालय समिति, आर्थिक ब्यवस्थापन उपसमिति, मिडिया उपसमिति, स्वयमसेवक परिचालन उपसमिति र संघसंस्था समन्वय उपसमिति गठन गरिए । उपसमितिहरुले आ-आफ़्नो ढंगले कार्यसम्पादनलाई तिब्र पार्दै गईरहे । जसअनुसार सचिवालय समितिले तत्काल गर्नुपर्ने निर्णयहरु गर्दै संभवभएसम्मका सबै संयन्त्र उपयोग गरी यथासंभव धेरै राहत जुटाउनमा कटिबद्ध भएर लागिपर्‍यो । जसअनुसार हुलाक एकाउन्ट, मिजुहो बैंक, पे-पाल लगायतका इन्टर्नेटमार्फत डोनेशन गर्न मिल्ने सुविधाहरु सार्बजनिक गरियो । यसैगरी जापानभरिका कन्भिनियन्स स्टोर, नेपाली तथा इण्डियन रेष्टुरेन्ट तथा पसलहरुमा डोनेशन बक्स राख्ने कामहरु भयो ।

यसैगरी मिडिया उपसमितिले भूकम्पपछिका घटना र खबरलाई बिशेष महत्वका साथ २४ सै घण्टा अपडेट र संप्रेषण गर्दै जापानको नेपाली समुदायको राहत जुटाउने अभियानलाई उपयुक्त वातावरण निर्माण गर्ने काममा अहम भूमिका निर्बाह गर्दै आईरह्यो । नेपालीहरुबीचको एकता, आपसी सद्भाव, मेलमिलाप र सहिष्णुतालाई ध्यानमा राख्दै विपदको घडिमा संबेदनशील ढंगले अगाडि बढ्न नेपालीहरुमा निरन्तर सूसुचित एवं प्रोत्साहित गर्दै आईरह्यो । यसैगरी आर्थिक ब्यवस्थापन उपसमितिले विभिन्न च्यानलमार्फत संकलन भएका राहत रकम हरेक दिनको अपडेट र पारदर्शीता सार्बजनिक गर्दै नेपाली समुदाय र जापानी समुदायको बिश्वास आर्जन गर्न अहम भूमिका निरन्तर निर्बाह गरिरह्यो । जसका कारण ठूलो संख्याका नेपाली तथा जापानीहरुले स्वतस्फूर्त ढंगले खातामा रकम दाखिला गर्ने क्रमले तिब्रता पाउँदै गयो, जुन यद्यपि जारी छ ।

अर्कोतिर स्वयमसेवक परिचालन उपसमितिले जापानको ब्यस्तता नभनिकन अत्यन्त कठिन परिस्थितिमा पनि बिभिन्न सार्बजनिक ठाउँहरुमा चन्दा संकलन अभियानलाई तिब्र पार्दै गयो । ब्यस्त दैनिकीबाट समय निकाल्दै दिनहुँजसो दर्जनौ स्वयमसेवकहरुको परिचालन गर्नु सामान्य कुरो थिएन । यस समितिलेे सार्बजनिक अपिलबाट मात्रै ७४ लाख ७१ हजार येन राहत कोषमा जम्मा गर्न सफल भयो । हाल सार्बजनिक अपिल गर्ने क्रम रोकिए पनि यस समितिले अन्य च्यानलमार्फ राहत सहयोग जुटाउने कार्य भने निरन्तर जारी राखेको छ । यसैगरी संघसंस्था समन्वय उपसमितिले जापानमा क्रियाशील सबै संघसंस्थाहरुलाई सहयोगमा जुट्न अपिल गर्दै एक नीति र एक द्वार प्रणाली लागू गर्न हरसंभवका समन्वयकारी भूमिका निर्बाह गर्दै आईरह्यो । जसअनुसार यहाँका धेरैजसो संघसंस्थाहरुले सिंगो अभियानमा ऐक्यबद्धता जनाउँदै आ-आफ़्ना पहलमा संकलित रकम राहत कोषमा जम्मा गर्ने क्रम दिनहुँजसो चलिरहेको छ, अझै रोकिएको छैन ।

Shinjuku  1यसरी सिंगो समुदाय परिचालित गर्न सफल यस अभियान आफैमा ऐतिहासिक छ र हुनुपर्दछ । यस्ता साझा अभियानमा कसैले निजी स्वार्थ र प्रचारसंग जोडेर हेर्नुहुँदैन । साझा अभियान भनेको स्वयमसेवी भावना र स्वतस्फूर्त ढंगले चल्ने कुरा भएकोले कसैले कसैलाई दबाब र बाध्यकारी पनि बनाईनु हुँदैन । स्वेच्छिक योगदान भएकोले चाहे त्यो नगद होस् या श्रमदान एकले अर्कासंग प्रतिस्पर्धामा नै उत्रेर बराबर हैसियतमा गर्नुपर्छ भन्ने पनि छैन । मौकाको फाइदा उठाएर आफु संलग्न संस्था वा ब्यक्तिको मात्र प्रचारबाजी हुने नियतले काम गरिनु हुँदैन । यद्यपि जानअनजानमा भएका त्यस्ता गतिबिधिलाई इस्यु बनाएर होइन समयमै सचेत बनाएर समस्याको हल गर्नतिर जानु बुद्धिमानी हुन्छ र हामी बीचको एकता कायमै रहन्छ ।

अब के गर्ने ?

आजका मितिसम्म सहयोग समितिले देखाएको सक्रियता प्रशंसनीय छ । यद्यपि अब के गर्नुपर्छ र कमीकमजोरी के रहे भन्ने कुरालाई यहाँ पटक्कै बिर्सन मिल्दैन । यस्ता घटनाबाट धेरै कुरा सिक्न सकिन्छ । सिंगो समाज मिलेर गर्नुपर्ने साझा अभियानका कामहरु हाम्रासामु डुंगुर छन् । यो सौहार्द्रतालाई कायमै राख्दै समाजको हितमा उपयोग गर्ने दिशामा समुदाय अब केन्द्रित हुनुपर्दछ । पहिलो कुरा त हाम्रा कमजोरी के के रहे यसको घनिभूत समीक्षा हुनुपर्छ । भावनामा बग्दै हामीबाट केही गम्भीर कमजोरीहरु अवश्य भएका छन् । त्यसलाई स्वीकार्दै सच्याउन लाज मान्नु हुँदैन । जापानीहरुको बिश्वास आर्जन गर्न तत्काल संभावित उपायको आफै पहल गर्नुको सट्टा अरुको खातामा सहयोगको अपिल गरिनु जस्ता कारणबाट केही प्राविधिक समस्याहरु झेल्नुपर्‍यो । यद्यपि विवादरहित र बुद्धिमत्तापूर्ण ढंगले समस्यालाई सल्टाउदै सहयोग समिति अब एउटा यस्तो विचारणीय विन्दुमा आईपुगेको छ ।

Meeting 1जतिसक्दो धेरै राहत जुटाउन समितिले पहल गर्नु स्वभाविक थियो । कतिसम्म पठायो भने हाम्रो लक्ष पुरा हुने भन्ने त्यस्तो कुनै लक्ष्मणरेखा नभएकोले सँधै राहतकै लागि हाम्रो समाजको सबै ऊर्जा खर्च गर्ने स्थिति बनाईनु हुँदैन । उसो त जापानका नेपालीले हाड घोटेर र छाक काटेर पठाएको रकमले मात्रै नेपाललाई पर्याप्त हुने पनि होइन । एउटा सहभागितामुलक भावना मिसाउने काम जापानले अग्रपंत्तिमै रहेर गरेको छ । यो क्रमलाई अब लम्ब्याईनु हुँदैन । यहाँनेर गर्नैपर्ने एउटा काम भनेको जापानबाट पठाईएको रकमको खर्च के कसरी र कहाँ, कहाँ भएका छन् त्यसको नालीबेली सोध्ने अधिकार हरेक चन्दादातालाई भएकोले त्यसको फेहरिष्ट ठिक दुरुष्ट राख्न जरुरी छ । सहयोग समितिको काम राहत उठाउने र पठाउने मात्र नभई नेपाली रुपैंया के कति पुग्यो र कुन कुन शीर्षकमा कसरी खर्च गरिए त्यसको विवरण आवश्यक परेको बेलामा उपलब्ध गराउन सक्नुपर्दछ ।

केही सुस्तिएको भए पनि राहत उठ्ने क्रम जारी छ । यो बेलामा जापानका नेपालीहरुले गरेको हो है भनेर ठ्याक्कै  देखिने गरी केही नयाँ र छुट्टै काम गर्न सके जापानबासी सबै नेपालीको शान र सन्तुष्टी दूवै रहने थियो । दोस्रो चरणको कार्यक्रमका रुपमा केही निश्चित ठाउंमा पुनर्निर्माणको प्याकेज जापानबाट गर्ने चर्चा चल्न थालेको छ, जुन सह्रानीय छ ।

यस अघि पहिलोचरणको राहत बितरण कार्यमा जापानबाट पठाईएको राहत रकम नेपालभूमिमा पुग्दा बित्तिक्कै जापानको कहिं कतै नामनिशान नआउँदा दाताहरुको मन कुँडिनु स्वभाविकै हो । फेरि फेरि पनि सहयोग लिनपर्ने दाताहरुलाई एकैपटकमा चित्त दुखाउनु हुँदैन । अर्कोतिर सिंगो नेपालनै सुरुदेखि पुरै नयाँ बनाउन पुग्ने बजेट जम्मा भए पनि सहि ब्यवस्थापन र उपयुक्त नीति तथा योजना सहितको सक्षम नेतृत्व नहुने हो भने त्यसको खासै अर्थ हुँदैन । त्यसैले सहयोग समितिको अबको कार्यभार भनेको पठाईएको राहत रकमको पारदर्शीता र जबाफदेहिता पहिलो हुने छ भने दोस्रो जापानका नेपालीको मात्रै पहिचान हुने छुट्टै एवं प्रभावकारी प्रोजेक्टकारुपमा नमुना गाउँ अथवा नमुना विद्यालय निर्माण गर्न सके चिरस्मरणीय कार्य हुनेथियो । त्यसका लागि फ़ेरि एकपटक नयाँ शिराबाट छलफल सुरु गरी पछिल्ला चरणमा संकलित रकम खर्च गर्न सकिने वातावरण मिलाउन सकिने छ भने शुभचिन्तक जापानीहरुलाई पनि आह्वान गर्न सकिने छ र त्यो संभव पनि छ । ***
College Rahat 1 Rahat 2 Rahat 3 Rahat छोल्2 3 4 Everest School TBI Everest School funabashi Hokkaido

Jana samparka Ladies Group Magar Nagoya 1 Number 1 a ok 1 ok 2 Ok 4 Pravesh RajbhandariRahat Myagdeli rahat Raj kumar Rapati Samaj 1 Rapati Samaj Sherpa Shinjuku Solomaryi Sudur1 5 6

तपाईको प्रतिक्रिया