शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको हो । टहरोमा आगलागी हुँदा तीन जना बालबालिकासहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया