Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – परराष्ट्र मन्त्रालयले जापानका विदेशमन्त्री कामीकावा योको नेपाल भ्रमणको तयारी पूरा गरेको छ । विदेशमन्त्री कामीकावा वैशाख २३ गते (पर्सि) नेपाल आउन लागेकी हुन् ।

उनको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वैशाख १४ गते जापानबाट विभिन्न मुलुकको भ्रमणका लागि निस्केका कामीकावा श्रीलङ्का हुँदै नेपाल आउने भएकी हुन् ।

विदेशमन्त्री कामीकावा नेपाल आएकै दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । वैशाख २३ गते बिहान आउने कामीकावा त्यही दिन साँझ फर्किने कार्यक्रम छ । भ्रमणकै क्रममा केही सम्झौता तथा समझदारी गर्ने तयारी पनि भइरहेको छ । परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले यसका लागि गृहकार्य गरिरहेको स्रोत बताउँछ ।

तर परराष्ट्रका प्रवक्ता राईले कुनै पनि सम्झौता वा समझदारीको तयारी नरहेको बताए । उनले भने, ‘दुई देशको सम्बन्धलाई अझ सुदृढ र बलियो बनाउने उद्देश्यले यो भ्रमण हुन लागेको हो, यो भ्रमणमा कुनै पनि सम्झौता वा समझदारी हुँदैन ।’

भेटघाटको क्रममा दुई देशबिचको सम्बन्ध, विकास कार्यमा सहकार्यको सम्भावनाका बारेमा कुराकानी हुनसक्ने तर औपचारिक रुपमा कुनै पनि सम्झौता नहुने उनले बताए । नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । ६८ वर्ष पुरानो सम्बन्धमा जापानबाट विदेश मन्त्रीहरूको यो चौथो भ्रमण हो भने सन् २०१९ पछि विदेशमन्त्रीको कामीकावाको पहिलो नेपाल भ्रमण हो ।

नेपालमा भारत, चीन र अमेरिकाको प्रभाव रहेको बेला जापानी विदेशमन्त्रीको यो भ्रमणलाई कूटनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । खासगरि नेपालमा पछिल्लो समय चीनको बढ्दो प्रभावका कारण जापानकी विदेश मन्त्री कामीकावा श्रीलंकासहित एसियाली मुलुकको भ्रमण सकेर नेपाल आउन लागेकी हुन् । अमेरिका र चीनबिच बढ्दो द्वन्द्वमा जापान अमेरिकाको मित्रशक्ति बनेको छ ।

सन १९५६ सेप्टेम्बर १ मा नेपाल र जापानबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्ष विस्तार हुँदै गएको जापानस्थित नेपाली दूतावासले जनाएको छ । दुवै देशमा आवासीय राजदूतावास स्थापना हुनुअघि नयाँ दिल्लीस्थित आफ्नो दूतावासबाटै नेपाल र जापानले कूटनीतिक सम्बन्ध कायम गर्ने र सम्बन्धित मुलुकलाई हेर्दै आएका थिए ।

सन् १९६५ मा मात्र जापानमा नेपाली दूतावास स्थापना भएको थियो । जापानका लागि पहिलो नेपाली राजदूत भरतराज राजभण्डारी हुन् ।

तपाईको प्रतिक्रिया