शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – टोकियोमा आज आध्यात्मिक कार्यक्रम हुँदै छ । उक्त कार्यक्रमका लागि नेपालबाट ख्यातीप्राप्त गुरु रुपेश्वर गौर दास जापान आईसक्नुभएको आयोजकले बताएका छन् ।
उक्त कार्यक्रमको आयोजना एनआरएन जापानको कान्तो क्षेत्रले गरेको हो । कान्तो संयोजक सागर कार्कीका अनुसार शिन-ओकुबोस्थित यामाते हस्पिटल नजिकै रहेको एक हलमा हुन गईरहेको उक्त आध्यात्मिक कार्यक्रम बिहान साढे १० बजेबाट सर्बसाधारणका लागि प्रवेश खुल्ला गरिने र ११ बजेदेखि १२ बजेसम्म कीर्तन गरिने छ भने १२ बजे गुरुको प्रवेशसंगै करीव २ बजेसम्म उहाँको आध्यात्मिक प्रवचन रहने छ । त्यसपछि ४ बजेसम्म अन्तरक्रियात्मक संवाद रहने छ भने ४ बजेदेखि ५ बजेसम्म कीर्तनसंगै कार्यक्रमको समापन गरिने छ ।

निकट स्रोतका अनुसार गुरु रुपेश्वर विगत २० वर्षदेखि आध्यात्मिक साधनामा लाग्दै आउनुभएको छ भने सन् २०१० देखि फुलटाइम आध्यात्मिक साधनामा लीन हुँदै आईरहनुभएको छ । आज हुने आध्यात्मिक कार्यक्रमको प्रवेश शुल्क निःशुल्क रहेको बताईएको छ । कार्यक्रम समुद्रपारिको कार्यालय नजिकै १ मिनेटको दुरीमा रहेको छ ।***

तपाईको प्रतिक्रिया