आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्पपीडितलाई स्वदेश तथा विदेशका नागरिक, सङ्घसंस्था र सरकारले दिएको सहयोग रकम र राहत सामग्री वितरणमा अनियमितता हुन नदिइने बताउनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण गर्दै भन्नुभयो- ‘उनीहरुले पेट काटेर पठाएका छन्, यहाँ बसेर मजाक गर्न खोज्ने -‘ उहाँले यस्तो घृणित कार्य हुन नदिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, – ‘राहत रकम र राहत सामाग्री वितरणमा पक्षपात गर्ने र अनियमितता गर्ने कार्य हुन दिइने छैन ।’

प्रधानमन्त्री कोइरालाले सङ्कलित राहत रकम र प्राप्त राहत सामाग्री भूकम्पपीडितसमक्ष पुगे नपुगेको सरकारले पनि गम्भीरतापूर्वक हेरिरहेको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया