शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने भएको हो । सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा वैशाख १६ गते मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । त्यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।

तपाईको प्रतिक्रिया