Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले सिंहलाई भारत र दक्षिण एसियाको लागि अद्वितीय योगदान दिने दूरदर्शी नेता र कुशल योजनाकारको रूपमा स्मरण गर्दै यो क्षति अपूरणीय भएको बताएका छन्।

शोक सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “डा. मनमोहन सिंह भारतका एक प्रख्यात नेता हुनुहुन्थ्यो, जसले आफ्नो कुशल नेतृत्वमार्फत भारत र दक्षिण एसियाको समग्र विकासमा महत्वपूर्ण योगदान दिनुभयो। उहाँको निधनले गहिरो शोक र क्षति पुगेको छ। म यस दुःखद घडीमा भारत सरकार, भारतीय जनसमुदाय र शोकाकुल परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दछु।”

पूर्वप्रधानमन्त्री सिंहको निधन भारतीय समयअनुसार बिहीबार राति ९:५१ बजे नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा भएको हो। सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका सिंहलाई उदारीकरण र आर्थिक सुधारका प्रमुख योजनाकारका रूपमा चिनिन्छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया