Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्प खोज्न नेपाली कांग्रेसका नेताहरूले प्रस्ताव ल्याएको दाबी गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रुकुम पूर्वको भूमे गाउँपालिकामा आयोजित माओवादी केन्द्रको अधिवेशन उद्घाटन समारोहमा बोल्दै पुनले सरकारप्रति जनतामा घृणा बढ्दै गएकाले कांग्रेसले विकल्पबारे छलफल गर्न चाहेको बताएका हुन् । उनले भने, ‘एमालेका नेताहरू बीआरआईका कुरा गर्दै कम्युनिस्ट एकता जस्ता विषयमा छलफल गर्न खोज्छन् । कांग्रेस नेताहरू हामीलाई भने एमालेका नियमित काण्डहरू बोकेर बस्न गाह्रो भएको बताउँछन् । तर, हाम्रो अडान स्पष्ट छ- हामी पात्र फेर्ने र बिचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार चाहँदैनौँ ।’

पुनले माओवादी पार्टीले २०८४ सालको निर्वाचनसम्म सरकारमा जाने योजना नराखेको स्पष्ट पारे । उनका अनुसार, माओवादीले संसद र सडकबाट जनताका मुद्दा उठाउने छ । ‘अब समाजवादी गणतन्त्रको निर्माणका लागि काम गर्दै स्थानीय तहमा प्रभावकारी रूपमा योगदान दिन्छौँ,’ उनले भने ।

उनले कांग्रेस र एमालेसँगको भिन्नता देखाउन माओवादीले सरकारबाहिर बसेर काम गर्नुपर्ने तर्क गरे । उनले थपे, ‘हामी क्रान्तिकारी शक्ति हौँ। कांग्रेस र एमालेसँग सहकार्य गर्दा केही समान देखिनु स्वाभाविक हो, तर हाम्रो बाटो फरक छ । वर्तमान सरकारको भ्रष्टाचार र विकृतिप्रति जनता निराश छन् र त्यसको प्रतिरोध हुने दिन नजिक छ । हामी जनताको साथमा रहनेछौँ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया