Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – जापानमा आयोजना हुने ‘मोना शिजुओका गोल्ड कप’ फुट्सल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति सिजुओकाको आयोजना र मोना जापानलगायत क्षेत्रीय समितिहरूको सहयोगमा गोल्ड कप गर्न लागिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनवरी १२ तारिखका दिन हुन लागेको कार्यक्रमको तयारीमा विभिन्न उपसमितिहरू गठन गरी आ-आफ्नो क्षेत्रबाट अगाडि बढिरहेको मोना जापान क्षेत्रीय समिति सिजुओकाका संयोजक तुल चोचाङ्गीले जानकारी दिएका छन् ।

नयाँ वर्षको शुभकामना आदानप्रदान सहित मोना फुटसल प्रतियोगिता मार्फत जापानमा रहेका फुटबलप्रेमी खेलाडीहरूलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारस्परिक भाइचाराको विकास गरी यस क्षेत्रमा रहेको प्रचुर सम्भावना र क्षमता बोकेका खेलाडीहरूको प्रतिभालाई यसै मोना फुटसलको माध्यमबाट उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कुरा मोना जापानका अध्यक्ष विशाल केसीले बताए ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न जापानवासी विशेषतः शिजुओकामा रहेका नेपालीहरूलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि अपिल गरिएको छ । प्रतियोगिताको पुरस्कार राशि शिजुओका क्षेत्रमा अहिले सम्मकै सर्वाधिक रहेको आयोजकको भनाई छ ।

विजेताका लागि ५ लाख १ हजार येन र उप विजेताका लागि २ लाख १ हजार येन पुरस्कार तोकिएको छ । विभिन्न विधाहरूमा पनि पुरस्कार प्रदान गरिनेछ ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया