सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – भूकम्प पीडित तथा प्रभावितहरुका लागि राहत रकम जुटाई नेपाल पठाउने अभियान जापानमा अझै जारी छ । जापानमा क्रियाशील विभिन्न संघसंस्थाहरुमार्फत यहाँका नेपालीहरुले संकलन गरेको राहत रकम भूकम्प पीडित राहत तथा सहयोग समितिलाई हस्तान्तरण गर्ने क्रम करिव दिनहुँजसो चलिरहेको रहेको छ ।

यसैबीच टोकियो सुगामोस्थित इन्टर्नेशनल स्कुल अफ बिजनेशले बुधवार २ लाख ७० हजार येन सहयोग समितिलाई हस्तान्तरण गरेको छ । उक्त रकममा सोही स्कुलमा अध्ययनरत कोरियन विद्यार्थी काङ चाङले मात्रै १ लाख येन सहयोग मिसाएका थिए ।

स्कुलले समितिका आर्थिक संयोजक दिपक थापा, एनआरएन जापानका उपाध्यक्ष सुदन थापालाई उक्त रकम हस्तान्तरण गरेको हो । उक्त स्कुलमा अध्यापनरत शिक्षक रामचन्द्र गिरीको पहल र ४० जना नेपाली विद्यार्थी र केही विदेशी विद्यार्थीहरुको संयुक्त प्रयासमा संकलित राहत रकम सहयोग समितिलाई हस्तान्तरण गरेको हो ।
छोल्College

तपाईको प्रतिक्रिया