आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – पाकिस्तानमा आज बिहान ६ दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प भूकम्प गएको छ। युएस निओलोजिकल सर्वे (युएसजीएस) का अनुसार पाकिस्तानको दक्षिण पश्चिम शहर पास्नीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

युएसजीएसका अनुसार विहान ३ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प केन्द्रबिन्दुबाट १० किलोमिटर गहिराई मापन गरिएको छ । अहिलेसम्म कुनैपनि मानवीय र भौतिक क्षतिको विवरण आइनसकेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तान भूकम्पको उच्च जोखमको क्षेत्रमा पर्छ। सन् २०१५ मा पनि गएको शक्तिशाली भूकम्पमा ४०० भन्दा बढीको ज्यान गएको थियो। यस्तै, सन् २००५ को भूकम्पमा पाकिस्तानमा ८० हजारभन्दा बढीको ज्यान गएको थियो ।

सोमवार राति भारतमा पनि उतरखण्डको रुद्रप्रयास केन्द्रबिन्दु भई ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। भारतीय र युरेसियन प्लेट ठोक्किने ठाउँमा पाकिस्तान पर्ने हुँदा त्यहाँ धेरै भूकम्प जाने गर्छ ।

तपाईको प्रतिक्रिया