Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाडौं — नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तथा पूर्वाधार निर्माणमा सघाउन आफ्ना एक लाख सदस्य परिचालन गरेको छ । परिचालित अधिकांश पहाडी जिल्लामा तराईका कार्यकर्ता परिचालन गरेको छ । भूकम्पले प्रभाव नपरेका जिल्लाका कार्यकर्ता भन्दै नेविसंघले अधिकांश तराईका जिल्लाका कार्यकतालाई भूकम्पबाट प्रभावित पहाडी जिल्लामा खटाएको हो ।

भूकम्पको प्रभाव नपरेको जिल्लाका कार्यकर्ताहरूलाई उक्त काममा परिचालन गरिएको जनाउँदै संघले आइतबार जारी गरेको विज्ञप्तिमा तत्काल तोकिएका जिल्लामा जान सम्बद्ध सबै कार्यकर्तालाई निर्देशन दिएको छ ।
नेविसंघले सिन्धुपाल्चोकमा मोरङ र सुनसरी, खोटाङमा सिराहा, सिन्धुलीमा धनुषा र महोत्तरी, दोलखामा बारा, नुवाकोटमा रुपन्देही र लमजुङमा नवलपरासीका कार्यकर्ता खटाएको छ ।

त्यसैगरी गोरखामा चितवनका, धादिङमा झापा र इलामका, सोलुखुम्बुमा उदयरपुरका, रामेछापमा सर्लाही र रौतहट, मकवानपुरमा पर्सा, ओखलढुङ्गामा सप्तरी, रसुवामा दाङ र काभ्रेमा बाँके र बर्दियाका कार्यकर्ता खटाइएको छ ।

काठमाण्डु, भक्तपुर र ललितपुरमा काठमाण्डु उपत्यकाका क्याम्पसका संघका सदस्य परिचालन गरिएको छ । ***

तपाईको प्रतिक्रिया